हमासका नेताको इजरायली हिरासतमा मृत्यु

जेरूसेलम - वेस्ट ब्यांकमा रहेका हमासका एक नेताको इजरायली हिरासतमा मृत्यु भएको प्यालेस्टिनी अधिकारीले शुक्रबार बताएका छन् ।
प्यालेस्टिनी कैदी मामिला निकाय र प्यालेस्टिनी प्रिजनर्स क्लबको संयुक्त विज्ञप्तिका अनुसार दक्षिणी इजरायलको जेलबाट अस्पतालमा सारिएपछि ६३ वर्षीय मुस्तफा मोहम्मद अबू आराको मृत्यु भएको हो।
'हामी नेता शेख मुस्तफा मोहम्मद अबु आराको निधनमा शोक व्यक्त गर्दछौं र चिकित्सकीय लापरबाहीबाट भएको उनको हत्याको लागि कब्जालाई जिम्मेवार ठान्दछौं,' हमासद्वारा जारी विज्ञप्तिमा बताइएको छ ।
अबु आरालाई अक्टोबरमा गम्भीर स्वास्थ्य समस्या सामना गरिरहेको बेला पक्राउ गरिएको प्यालेस्टिनी निकायले जनाएका छन् । उनले नजरबन्दको समयमा क्रुर यातना सामना गर्नु परेको उनीहरूले बताएका छन् ।
इजरायली सेनाले यस विषयमा प्यालेस्टिनी टिप्पणीको कुनै जवाफ दिएको छैन ।

दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको …

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

प्रतिक्रिया