कोशीमा माओवादीका मन्त्रीहरू राजीनामा बुझाएर सरकारबाट बाहिरिए
काठमाडौँ- कोशी प्रदेशमा सहमतिको सरकार नबन्ने स्थिति भएपछि नेकपा माओवादी केन्द्रका मन्त्रीहरू राजीनामा बुझाएर सरकारबाट बाहिरिएका छन् ।
शुक्रबार माओवादी केन्द्रका स्वास्थ्य मन्त्री राजेन्द्र कार्की, पर्यटन वन तथा वातावरण मन्त्री नारायण बुर्जामगर, भौतिक पूर्वाधार विकास मन्त्री गणेशप्रसाद उप्रेती र पर्यटन राज्य मन्त्री बन्दना झाँगडले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएका हुन् । हिक्मतकुमार कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन तत्काललाई जारी राख्दै माओवादी मन्त्रीहरू सरकारबाट बाहिरिएका हुन् ।
राजीनामा बुझेपछि मुख्यमन्त्री कार्कीले आगामी दिनमा सहकार्य हुने गरी मन्त्री तथा राज्यमन्त्रीहरूले गरेका कार्यका लागि धन्यवाद व्यक्त गरे ।
सहमतिको सरकार नबन्ने स्थिति आएपछि र मुख्यमन्त्री कार्कीले मार्गप्रशस्त गर्न घुमाउरो भाषा प्रयोग गरेपछि सरकारबाट राजीनामा दिने निर्णय गरेको नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले बताए । करिब ७४ दिन माओवादी केन्द्र कोशी प्रदेश सरकारमा सहभागी भएको थियो ।

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_1vJeFlZ1gC_pecs46bhxnas7sh5akkr9rxdbeqar1eg2iappdwkptkonmguj23hwmnxy28l.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_wtwi1PX1WJ_xruwkfuwehv1uyolrmuy2uerw0yhzhw8mslnfh0gyjxehqznwtdyl9amswwv.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

प्रतिक्रिया