तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र

दमौली (तनहुँ)- करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ । भानु–११ मानेचौका बजारदेखि आयुर्वेदचोकसम्म पहिलो चरणमा कालोपत्र गर्ने कार्य सुरु भएको हो ।
तीन दशक अगाडि ट्र्याक खुलेको उक्त सडकखण्डमा पहिलो चरणमा रु ९८ लाख बराबरको काम भइरहेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए । आर्थिक वर्ष २०८०/८१ मा विनियोजित उक्त बजेटबाट अहिले कालोपत्र गर्न थालिएको हो । यो सडकले तनहुँको भानुसँगै लमजुङको कुन्छालाई जोड्ने छ ।
नगरपालिकाले सो सडकखण्डलाई नगर गौरवको आयोजनाका रुपमा सूचीकृत गरेको छ । नगरपालिका, प्रदेश र सङ्घीय सरकारसँगको साझेदारीमा उक्त सडकको बाँकी खण्डमा पनि कालोपत्र गर्दैलैजाने प्रमुख त्रिपाठीले बताए । रासस

एडिबीको सहयोगमा बन्ने घट्टेखोला–धम्पुस–खानी गाउँ सडक शिलान्यास

झाडी फाँडेर घाँस खेती, घरघरमा बाख्रापालन
%2520(1)_bd3iw7MdjV_f0dy8dht7wtmvreqmctf901vxatbdq2wqnsx86zmqutqd6t9hznpldjsjejw_tjjf0PeRUx_9ika9rxjp8qy3n5lmmlmekodtanonktzydlu7nv4k5t6d78zancuisllyt3q.jpg)
धौलागिरि आधार शिविर जाने पदमार्ग निर्माण

मर्स्याङ्दी नदीमा बालिकाको शव फेला

गुल्मीको सत्यवतीमा पहिलो बेत ब्याउने गाईलाई १० हजार अनुदान

कार्यक्षेत्र ११ जिल्ला, कर्मचारी पाँच !

प्रतिक्रिया