होलीमा माछा मार्दा डुबेर मृत्यु

दमक (झापा)- झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा झापाको शिवसताक्षी–४ बोलोचोकका ४० वर्षीय चन्द्रे मुर्मू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
टुनुवस्ती नजिकै पानी जमेको होलीमा माछा मार्ने क्रममा डुबेको अवस्थामा भेटिएका मुर्मूको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मुर्मूसहित ३५ वर्षीय अक्तर मियाँ माछा मार्ने क्रममा करिब पौने ४ बजे पानीमा डुबेका थिए ।
उनीहरूलाई उद्धार गरेर शिवगञ्जस्थित नगर अस्पतालमा उपचारका लागि ल्याइएको थियो । थप उपचारका लागि बिर्तामोडस्थित बिएन्डसी अस्पताल लगिएकामा मुर्मूको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।

२५ रोपनीमा अकबरे खुर्सानी खेती गरिरहेका राई

मृत्यु संस्कारमा कनकाई नगरले नगद सहयोग गर्ने

नक्कली नोटसहित दुई जना पक्राउ

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु
घुम्न जाउँ मिक्वाखोको लामपोखरी

सर्भर नचल्दा पञ्जीकरणको काममा समस्या

सप्तकोशीमा पानीको बहाव बढेपछि उदयपुरको बेलका उच्च जोखिममा

प्रतिक्रिया