डिआइजी मनोज केसीको सरुवाबारे रास्वपाले संसदमा उठायो प्रश्न

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान गर्ने प्रहरी अधिकारीलाई सरुवा गरेको भन्दै आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभाको आइतबारको बैठकको आकस्मिक समयमा ढकालले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिन गरिरहेका मनोज केसीलाई सरुवा गरेको भन्दै आपत्ति जनाएका हुन् । अब्बल राष्ट्रसेवक कर्मचारी डिआइजी केसीलाई आफ्नो स्वार्थ नमिल्दा सरुवा गरिएको उनले आरोप लगाए । उनले वर्तमान सरकार गठन भएपछि मन्त्रिपरिषद् र प्रादेशिक मन्त्रीहरू नियुक्तिदेखि प्रहरी अधिकारीको सरुवासम्मको काम हेर्दा सरकारको उद्देश्यको श्रृंखला देखिन थालेको जिकिर गरे ।
ढकालले बेथितिका कुराहरूलाई सदनमा प्रस्तुत गर्दा नातिनातिनाको संज्ञा दिएको उनले बताए । आफूहरू अपुताली खाने नातिनातिना नभएको भन्दै उनले डिठ्ठा र काजीसावका रबैयाहरूलाई खबरदारी गर्ने अव्वल सक्षम र पढेलेखेका नातिनातिनाका भएको जिकिर गरे ।
ढकालले अपुताली खाने नातिनातिना नभएको बताएपछि एमाले सांसद दीपा शर्माले नियमापति जनाउँदै अपुताली शब्द रेकर्डबाट हटाउन माग गरिन् । उनले आक्रोशमा जे पनि आरोप लगाउन नमिल्ने उल्लेख गरिन् ।
त्यसपछि आफ्नो भनाइलाई निरन्तरता दिएका रास्वपा सांसद ढकालले राष्ट्र बैंकको मौद्रिक नीति हेर्दा नियामकहरूको चाबी अर्थ मन्त्रालयमा राख्ने र आफूले पायक पर्दा खोलिने गरेको देखिएको टिप्पणी गरे ।

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण
'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्य…

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको …

प्रतिक्रिया