आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

गिरीबन्धुबारे कांग्रेसमाथि लागेको आरोपमाथि छानबिन हुनुपर्छ : महामन्त्री शर्मा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई गिरीबन्धु टी स्टेटबारे कांग्रेसमाथि लागेको आरोप छानबिन हुनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री ओलीले विगतमा गिरीबन्धुको ७० विघा जग्गा कांग्रेसले बेचेर खाएको भनी अभिव्यक्ति दिएको स्मरण गराउँदै उनले सो प्रकरणको छानबिन हुनुपर्ने माग गरेका हुन् ।

उनले भने, 'गिरीबन्धुको ७० विघा जग्गा कांग्रेसले बेचेर खाएको हो भनी सिंगो कांग्रेसलाई नै बदनाम गर्ने गरी एउटा आरोप लागेको थियो । यो बेलामा म सम्माननीय प्रधानमन्त्रीज्यूलाई आग्रह गर्न चाहन्छु, कांग्रेसका ती को व्यक्ति हुन तिनले छुट पाउन हुँदैन । यो आरोपको छानबिन गरियोस् । नक्कली भुटानी शरणार्थीको प्रकरणमा पनि त्यही हो, निर्दोष कोही फस्न हुँदैन, दोषी कोही उम्किन हुँदैन ।'

महामन्त्री शर्माले पूर्व गृहमन्त्री रवि लामिछानेले आफ्नो कार्यकालमा फाइल नखोलेर हल्ला मात्र गरेको भन्दै आरोप लगाए । साथै शर्माले नयाँ गृहमन्त्रीलाई स्टन्ट नगरिकन, कसैको पक्षमा नलागी काम गर्न सुझाव दिए ।
 

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्यान्वयन गर्नू'

'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्य…

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको हुँ

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको …

रास्वपा सांसदको अभिव्यक्ति कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन मागः सांसद बर्तौला

रास्वपा सांसदको अभिव्यक्ति कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन मागः स…