संविधान संशोधनको औचित्य पुष्टि हुनुपर्छ : सांसद शाही
काठमाडौँ- नेकपा (माओवादी केन्द्र) का सांसद महेन्द्रबहादुर शाहीले संविधान संशोधनको औचित्य पुष्टि हुनुपर्ने बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसद शाहीले नयाँ सरकारको मुख्य उद्देश्य नै संविधान संशोधन भएको देखिएको भन्दै त्यसको औचित्य पुष्टि हुनुपर्ने बताएका हुन् ।
उनले अहिलेको संविधान मुलुकको विकास र समृद्धिका लागि बाधक नभएकाले देशको दिगो विकासका लागि संविधानलाई नै टेकेर अघि बढ्नुपर्ने धारणा राखे । बिचौलियाहरूको चलखेलमा अनावश्यक संरचनाहरू बनाउने कामले देशको विकास गर्न नसक्ने भन्दै उनले समग्र देशको विकासको मोडलको बारेमा छलफल आवश्यक रहेको उल्लेख गरे ।
उनले यसअघिको सरकारले अघि सारेका सुशासनका मुद्दाहरूलाई निरन्तरता दिनुपर्ने र भ्रष्टाचार अन्त्यका लागि सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए ।
संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम…

अत्यन्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा मन्त्रीले समय नदिएको भन्दै माओवादीको आ…
प्रतिनिधिसभा बैठक बस्दै, भन्सार विधेयक पारित गरिने
शिक्षक र चिकित्सकको माग सम्बोधनका लागि माओवादीसहित चार पार्टीद्वारा संसद्मा ज…
‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत

७ मिनेट बसेर राष्ट्रिय सभाको बैठक स्थगित

संसद्को अधिवेशन आजदेखि, यस्तो छ सम्भावित कार्यसूची

प्रतिक्रिया