बुधबार १८ असार, २०८२
Wednesday, July 02, 2025

कतिमा कारोबार हुँदैछ आज विदेशी मुद्रा ?

काठमाडौँ- नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी १ डलरको बिक्रीदर १३३ रुपैयाँ ६७ पैसा कायम भएको छ । यस्तै खरिददर १३४ रुपैयाँ २७ पैसा कायम भएको छ । 

बुधबार युरोपियन युरोको एकको खरिददर १४५ रुपैयाँ १५ पैसा रहेको छ भने बिक्रीदर १४५ रुपैयाँ ८० पैसा तोकिएको छ ।

बेलायती पाउन्ड एकको खरिदमूल्य १७२ रुपैयाँ ९ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

त्यसैगरी सोमबार अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९३ पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ६२ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५ पैसा पाइन्छ । 

उता जापानी येन १० को खरिददर ८ रूपैयाँ ७० पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७३ पैसा रहेको छ । 

चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४३ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५२ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ६५ पैसा तथा बिक्री दर ९ रुपैयाँ ७० पैसा कायम गरेको जनाइएको छ । 

उता कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले कुवेती दिनार एकको खरिददर ४३७ रुपैयाँ ४७ र बिक्रीदर ४३९ रुपैयाँ ४४ पैसा निर्धारण गरेको छ ।