श्रीलंकाविरुद्ध भारतको लगातार दोस्रो जित

काठमाडौँ- भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।
गएराति सम्पन्न दोस्रो खेलमा भारतले डिएलएस मेथड अनुसार ७ विकेटले जित हासिल गरेको थियो । श्रीलंकाले दिएको १६२ रनको लक्ष्य पछयाउने तयारी गरेको भारत बर्षाले खेल अवरुद्ध भएपछि भारतले ८ ओभरमा ७८ रनको नयाँ लक्ष्य दिइएको थियो । सो लक्ष्य भारतले ६.३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।
यस अघि पहिला ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनाएको थियो ।
यो जितपछि भारतले ३ खेलको सिरिज २-० ले एक खेल अघि नै जितेको छ । अब सिरिजको तेस्रो खेल मंगलबार हुने तालिका छ । हाल श्रीलंका टुरमा रहेको भारतले यस सिरिजपछि एकदिवसीय सिरिज खेल्ने तालिका रहेको छ ।

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

क्रिकेट छाडेर भारतीय सेनाका कर्णेल धोनी भारत-पाकिस्तानको युद्धमा जाँदैछन् ?

नेपाली महिला क्रिकेट आज बहराइनसँग भिड्दै

भारतीय क्रिकेटर शिखर धवन प्रेममा

प्रतिक्रिया