सहकारी छानबिन समिति : विदेशमा रहेका १८ जनालाई नेपाल ल्याउन निर्देशन

काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा संलग्नलाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।
सोमबार सिंहदरबारमा गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुखलगायतसँग छलफल गर्दै समितिले सहकारी ठगीमा संलग्न १८ जना देशबाहिर रहेको पाइएको भन्दै उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिएको हो ।
देशबाहिर रहेका १८ जनाको नाम समितिले गृहमन्त्रीलाई उपलव्ध गराएको र उनीहरुलाई नेपाल ल्याउन निर्देशन दिइएको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।
त्यस्तै सहकारी ठगीको आरोपमा थुनामा रहेका व्यक्तिसँग पनि छलफल गर्ने भन्दै यसका लागि आवश्यक वातावरण बनाउन पनि निर्देशन दिइएको उनले बताए ।
समिति संयोजक थापाले छानविन समिति गठन भएपछि केहि सहकारी सञ्चालकले बचतकर्ताको रकम फिर्ता गरेको जानकारी प्राप्त भएको उल्लेख गरे ।

वर्तमान सरकारको प्राथमिकता स्थायित्व र आर्थिक विकासः परराष्ट्रमन्त्री राणा
राजावादीको समीक्षा बैठक भाँडियो

भिजिट भिसा प्रकरणमा सरकारका तर्फबाट छानविन समिति गठन भए संसद सुचारुः सचेत…

भिजिट भिसामा प्रतिपक्षको माग पुरा गर्न असम्भवः प्रमुख सचेतक बर्तौला

राष्ट्रियसभा बैठक : ‘बजेटले निजी क्षेत्रलाई प्रोत्साहन गरेको छ’

राष्ट्रियसभामा बजेटमाथि छलफल सुरु

मन्त्रिपरिषदको निर्णय सार्वजनिक

प्रतिक्रिया