उपप्रधानमन्त्री सिंहसँग जापानका सांसद अराता नेतृत्वको प्रतिनिधिमण्डलको भेटवार्ता
नेपालमा लगानी गर्ने वातावरण बनाउनुपर्नेमा जोड
काठमाडौँ- नेपाल भ्रमणमा रहेको जापानका सांसद एवं प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वको प्रतिनिधिमण्डलले उपप्रधान एवं शहरी बिकास मन्त्री प्रकाशमान सिंहसँग भेटवार्ता गरेको छ ।
सोमबार सिंहदरबारमा भएको भेटवार्ताका क्रममा दुई पक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो । भेटका क्रममा नेपाल-जापान सम्बन्धका बारेमा चर्चा गर्दै नेपाललाई गरिरहेको सहयोगप्रति मन्त्री सिंहले आभार व्यक्त गरे । त्यस्तै जापानमा पनि धेरै नेपालीहरू रहेकाले धेरै कुरा सिक्ने मौका पाएको उनले बताए ।
त्यस्तै सिंहले जलवायु परिवर्तन न्यूनीकरण गर्न दुई देशबीच सहकार्य गर्न सकिने धारणा राखे ।
जापानी प्रतिनिधिमण्डलले नेपालमा लगानी गर्न चाहने धेरै रहेकाले त्यसको वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए । जापानी प्रतिनिधिमण्डलले सोमबार नै राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेको थियो ।
भिडियो:

प्रधानमन्त्री ओली र स्तोनियाका राष्ट्रपतिबीच भेटवार्ता

विश्व समुदायलाई परराष्ट्रमन्त्रीको आह्वान : जलवायुजन्य जोखिम घटाउन बलियो सहकार्य…

दक्षिण अफ्रिकाका नवनियुक्त राजदूतलाई मानार्थ वाणिज्यदूत श्रेष्ठद्वारा स्वागत

नेपाल प्राकृतिक रुपमा सुन्दर र सम्पन्न छः राजदूत अन्सारी

सान फ्रान्सिस्कोमा नेपाली कन्सुलेट कार्यालय स्थापनाको निर्णय स्वागतयोग्य : आनन्द व…

गैरआवासीय राजदूत नियुक्त

नेपालका लागि व्रिटिसका राजदूत रोब फेनबाट सिप मेलाको अवलोकन

प्रतिक्रिया