भारतमा पहिरोमा परी २४ जनाको मृत्यु
भारत - भारतमा भारी मनसुनी वर्षाले निम्त्याएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु हुनुका साथै सयौँभन्दा बढी पहिरोमा फसेको आशंका गरिएको अधिकारीहरूले मङ्गलबार बताएका छन् ।
भारतको दक्षिणी तटीय राज्य केरलामा वर्षाका कारण वायनाड जिल्लास्थित घटनास्थलको प्रमुख पुल भत्किएकाले उद्धार कार्यमा बाधा पुगेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
केरला राज्यकी स्वास्थ्यमन्त्री रीना जर्जले समाचार तयार पार्दा सम्म विभिन्न अस्पतालमा २४ वटा शव प्राप्त गरेको बताउँदै घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रेस ट्रस्ट अफ इन्डिया समाचार एजेन्सीलाई बताए ।
भारतीय सेनाले खोज तथा उद्धार कार्यका लागि यस क्षेत्रमा २०० भन्दा बढी सैनिकहरू तैनाथ गरेको जनाएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा केरला सरकारलाई विपद्को अवस्थामा सम्भावित सबै सहयोग गर्ने आश्वासन दिएका छा् । उनले घटना प्रति दुखः व्यक्त गदै मृत आत्माको चिर शान्तिको कामना तथा परिवार जनमा समवेदना प्रकट गरेका छन् ।
केरलामा मङ्लबार थप वर्षाका साथै तीव्र हावाहुरीको पूर्वानुमान गरिएको राज्यको विपद् व्यवस्थापन एजेन्सीले जनाएको छ ।

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया