मैले नै महिलाहरूलाई नेपाली सेनामा भर्ती गर्ने प्रचलनको सुरुवात गरेको हुँ : माधव नेपाल

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देशको विकासमा युवाहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
मंगलबार काठमाडौँमा अनेरास्ववियूले आयोजना गरेको कार्यक्रममा उनले नेपाली युवाहरू देश र विदेशमा जुनसुकै क्षेत्रमा अब्बल गरेको भन्दै देशको विकासमा परिचालन हुनुपर्ने बताएका हुन् ।
उनले २०५१ सालमा आफू रक्षामन्त्री भएकै बेला महिलाहरूलाई नेपाली सेनामा भर्ती गर्ने प्रचलनको सुरुवात गरेको बताए । उनले सोही समयमा नै तत्कालीन प्रधानसेनापतिले भ्रष्टाचार गरेपछि उनलाई बर्खास्त गरेको समेत स्मरण गरे ।
अध्यक्ष नेपालले छोरा र छोरीबीच कसैले पनि भेदभाव गर्न नपाइने भन्दै समान अधिकारका लागि पनि आवाज उठाउनुपर्नेमा जोड दिए ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया