सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्नु होला : प्रधानसेनापति शर्मा

काठमाडौँ- प्रधानसेनापति प्रभुराम शर्माले सैनिक मूल्य मान्यतालाई अक्षुण्ण राख्दै भरोसायोग्य र प्रभावकारी सङ्गठनका रूपमा स्थापित नेपाली सेनाले भावी नेतृत्वलाई सहयोग पुर्याउनुपर्ने बताएका छन् ।
तीन वर्षे कार्यकालको उत्तरार्द्धमा पृतनापतिहरूलाई ‘भर्चुअल’ माध्यममार्फत सम्बोधन गर्दै उनले सेनालाई संविधान र सरकारबाट प्राप्त जिम्मेवारी कुशलता पूर्वक निर्वाह गरेकामा सकलदर्जालाई समेत धन्यवाद ज्ञापन गरे ।
प्रधानसेनापति शर्माले भने, 'व्यक्ति केन्द्रित आकस्मिक योजनाभन्दा वस्तुगत अन्तरक्रिया, तार्किक बहस र विस्तृत पुष्ट्याइँसहित सामूहिक योजनाले हाम्रा बझाइ र गराइमा प्राथमिकता पाउनुपर्छ ।' उनले नेपाली सेना सम्पूर्ण नेपाली जनताको आड र भरोसाको धरोहर रहेको तथ्यलाई ध्यान दिइ सदैव राष्ट्रिय सुरक्षा र राष्ट्रहित अनुरूप असरदार कार्य गर्न निर्देशन दिए ।
त्यस अवसरमा प्रधानसेनापतिले मनसुनका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरोमा सकलदर्जाले पुर्याएको योगदानका लागि धन्यवाद व्यक्त गर्दै उच्च हौसलाका साथ विपद् प्रतिकार्यमा लागि रहन सुझाव दिए ।
बलाधिकृत रथी अशोकराज सिग्देल युद्धकार्य विभागका निमित्त विभागीय प्रमुखलगायत रथीबृन्दको उपस्थिति रहेको कार्यक्रममा पृतनापतिले विद्यमान विपद् प्रतिकार्यमा फौजको परिचालनलगायत समसामयिक विषयमा प्रस्तुतीकरणमार्फत जानकारी गराएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_c7mtWtlHyX_jqbnpymfufdizpnojofeomz7efzs6jtzwkfqfssn7dwvsydokj1r90i64wei_r0oPPRAMJQ_bw7qb3olmm3nkqzdlohpmeuttdiw8k4rnef7sste4vpeokrynv9vltfuxsju.jpg)
तीन महिनामा २३०० बढी विपद्जन्य घटना

सामुदायिक विकास परियोजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

सात लाख बढी घुससहित वन अधिकृत पक्राउ

राशिफलमा यस्तो हुनेछ तपाईंको भाग्य

गोरखाका पाँच स्थानीय तहमा जग्गाको कित्ताकाट नहुने

पौडी खेल्ने गएका किशोरको डुबेर मृत्यु

त्रिधार्मिकस्थल हलेसी ‘बोलबम’ मेलामा अधिकांश दर्शनार्थी भारतीय

प्रतिक्रिया