वन कार्यालयको सहयोगमा सुकुटे रिभरफनले रोप्यो २०० बिरुवा

सिन्धुपाल्चोक- डिभिजन वन कार्यालयको वन डिभिजन कार्यालय सुकुटेको सहयोगमा सुकुटे रिभरफन रिसोर्टले २०० बिरुवा रोपेको छ । सुकुटेको पुलबाटै सडकको दायाँ–बायाँ साइडको सार्वजनिक स्थानमा लहरै विभिन्न प्रजातिका करिब २०० बिरुवा साउनको १४ र १५ गते रोपिएको हो ।
वनले विरुवा उपलब्ध गराए पनि त्यसलाई ल्याउने, रोप्ने, बार्ने र मल जल गरि संरक्षण गर्ने काम सुकुटे रिभरफन रिसोर्टले गर्ने रिसोर्टका सञ्चालक तथा सिन्धुपाल्चोक अन्तराष्ट्रिय समाजका कोषाध्यक्ष विमल गिरीले बताए ।
उनले भने ‘कल्की, धुपी, तेजपात, कपुर, बकमबेलीलगायतका बिरुवाहरू लगाएका छौं । बिरुवा लगाउनु सजिलो भए पनि त्यसको रेखदेख र मलजल गर्न कठिन नै हुन्छ ।’
गिरीले थपे ‘यो वर्ष हामीले शुरुवात गरेका हौँ, अब यसलाई हरेक वर्ष निरन्तर रुपमा अगाडि बढाउने छौं ।’ उनले आफु र साथीहरूले गरेको योजना सुनाउँदै भने, ‘सुकुटेका सबै रिसोर्टहरूले साथ सहयोग गरेमा हरियाली सुकुटे अभियान गर्ने र यहाँ आउने पाहुनाहरूलाई बाह्रै महिना प्रकृतिक सुन्दरताको अनुभव लिन सक्ने बनाउने योजनामा छौं । यस्तो कामले पहिरो पनि राकिने र सुन्दरता पनि बढ्ने छ ।’

माछा मार्न गएका युवकलाई गोहीले लियो ज्यान

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

ललितपुर महानगरपालिका पूर्णखोप सुनिश्चित स्थानीय तह

चितवनमा परीक्षण गरिएका सबै फार्मको महमा पौष्टिक तत्त्व भरिपूर्ण

बागमतीमा पन्ध्र चालक र सहचालक सम्मानित
चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

पाँचखालवासीलाई निःशुल्क रगत

प्रतिक्रिया