हमासका वरिष्ठ नेता हानियाको इजरायली हमलामा मृत्यु

काठमाडौं - हमासले बुधबार नवनिर्वाचित प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी भएको केही क्षणपछि हमासका राजनीतिक विभाग प्रमुख इानियाको इजरायली आक्रमणमा मृत्यु भएको छ ।
'हाम्रो अभियानको प्रमुख मुजाहिद इस्माइल हानिया नयाँ इरानी राष्ट्रपतिको शपथग्रहण समारोहमा भाग लिएपछि तेहरानस्थित उहाँको मुख्यालयमा भएको यहुदी समूहको आक्रमणमा मारिनुभएको छ', हमासले एक विज्ञप्ति जारी गर्दै नेता हानियाको मृत्युको पुष्टि गरेको छ ।
इरानको रिभोलुसनरी सुरक्षा गार्डले पनि तेहरानस्थित हानियाको निवासमा आक्रमण हुँदा उनीसहित एक अंगरक्षक मारिएको पुष्टि गरेको छ ।
'तेहरानमा हमास प्रमुख इस्माइल हानियाहको निवासमा आक्रमण हुँदा हमास नेता हानिया र उहाँका एक अङ्गरक्षकको मृत्यु भएको छ', इस्लामिक रिभोलुसनरी गार्ड निकट समाचार संस्था सेपाहले उल्लेख गरेको छ ।
हानिया मंगलबार इरानी राष्ट्रपति मसूद पेजेस्कियनको शपथग्रहण समारोहमा भाग लिन तेहरान पुगेका थिए ।
इजरायली सेनाले हानियाको मृत्युको सम्बन्धमा कुनै प्रतिक्रिया व्यक्त गरेको छैन ।
सन् २००६ मा प्यालेस्टिनी प्रधानमन्त्री बनेका हानिया सन् २०१७ मा खालिद मेशालको उत्तराधिकारीका रूपमा हमासको राजनीतिक विभागका प्रमुखको रुपमा निर्वाचित भएका थिए ।
व्यावहारिकतावादी मानिने हनिया प्राय टर्की र कतार गरी दुई देशमा निर्वासनमा बस्ने गरेको मानिन्छ ।
हानियाले हमासका प्रतिद्वन्द्वीहरूसहित विभिन्न प्यालेस्टिनी समूहका प्रमुखहसँग राम्रो सम्बन्ध राखेको बताइएको छ ।
इजरायली कब्जाको विरूद्ध पहिलो प्यालेस्टिनी विद्रोहीको रूपमा सन् १९८७ मा हमासको स्थापना भएदेखि नै उहाँ यस समूहमा सामेल भएका थिए ।

गाजामा भएको इजरायली आक्रणमा १० जनाको मृत्यु

ट्रम्प र पुटिनबीच १५ अगस्टमा अलास्कामा भेटवार्ता हुने

चीनले बनायो मस्तिष्क जस्तै काम गर्ने अत्याधुनिक कम्प्युटर

अमेरिकाले किन बनाउँदैछ चन्द्रमामा न्युक्लियर प्लान्ट ?

एउटा सिंगो देशको जनता अष्ट्रेलियामा सर्दैछन् बसाई

एप्पलका सीईओ टिम कुकले ट्रम्पलाई दिए 'गोल्डेन ग्लास' उपहार

म्यानमारका कार्यबहाक राष्ट्रपतिको निधन, अन्त्येष्टीको अझै भएन टुंगो

प्रतिक्रिया