उपत्यकाको विभिन्न ठाउँमा डुबानमा परेकाहरूको उद्धारमा सशस्त्र प्रहरी

काठमाडौँ - साउन १६ गते अविरल वर्षाका कारण उपत्यकाको विभिन्न ठाउँमा डुबानमा परेकाहरूको उद्धार गरिएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका–२ स्थित बालकोटमा वर्षाको कारण गोदावरी खोलामा पानीको बहाव बढी डुबानमा परेका चार जनाको सकुशल उद्धार गरिएको छ ।
उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस व्यासी भक्तपुर र नेपाल प्रहरीको संयुक्त टोलीले उद्धार गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका–१० शंखमुल क्षेत्रको २ वटा घरभित्र छिरेको पानी सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गण सिनामंगलको सुरक्षा फौजले प्रोटेबल पम्प प्रयोग गरी फालिएको छ ।
यसैगरी थापाथलीस्थित सुकुम्वासी बस्तीमा बागमती नदीको पानी पसेर डुबान भएकोमा सोही गणबाट खटिएको विपद् उद्धार तालिम प्राप्त फौजले बस्तीको पानी कटान गर्ने कार्य गरेको छ ।
अविरल वर्षाको कारण काठमाडौं जिल्ला कीर्तिपुर नगरपालिका–१० स्थित सुन्दरीघाटमा रहेको राधा स्वामी एरियामा फसेका १५ जनाको सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गणबाट खटिएको सुरक्षा फौजले उद्धार गरेको छ । अविरल वर्षाको कारण बाढीमा फसेको खबर पाएपछि बिहान ५ बजे सो गणबाट फौज परिचालन गरिएको थियो । उनीहरुलाई ट्युब तथा डोरीको सहायताले उद्धार गरी सुरक्षित स्थानमा ल्याइएको हो ।
यसैगरी साँखु भोटेचौर सडक खण्ड अन्तर्गत देउरालीमा अविरल वर्षाको कारण पहिरो गई अवरुद्ध भएको सडक सुरक्षा वेश लप्सीफेदीबाट खटिएको सुरक्षा फौज र स्थानीय बासिन्दाले स्काभेटरको सहायताले सुचारु गरेको छ ।
काठमाडौंको नागार्जुन नगरपालिका–३ ईचङ्गुनारायणस्थित लकजोल टोलमा वर्षाको कारण पहिरो आई पुरिएको टहरामा रहेको खाद्यान्न, लत्ताकपडा, भाडावर्तन तथा पशुचौपाया सशस्त्र प्रहरी बल नेपाल नंं . १९ बंगलामुखी विशेष कार्यदल गणबाट खटिएको सुरक्षा फौजले सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।
यसैगरी ललितपुरको सानेपास्थित राजतिर्थमा अविरल वर्षाको कारण बागमती नदीमा आएको बाढीले डुबानमा परेका ६ जनाको सशस्त्र प्रहरी बल नेपाल नं. २१ दक्षिणकाली गणको सुरक्षा फौजले सकुशल उद्धार गरेको छ ।

केमिकल हालेको आँप हो कि होइन कसरी चिन्ने ?
हार्ड रक क्याफे काठमाडौँले ५४ औं जन्मोत्सवमा गर्यो छोयला बर्गर लन्च

भ्रष्टाचारविरुद्ध कर्णालीबाट खाली खुट्टा नै काठमाडौँ लम्किरहेको नवराज बोहोराको…

कामपाले सुरु गर्यो निःशुल्क मानसिक स्वास्थ्य परीक्षण

विद्युतीय अपराध गरेको आरोपमा दुई जना पक्राउ

प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान

ललितपुरबाट १३ जुवाडे पक्राउ

प्रतिक्रिया