सरकारमा निकै अनुभवी पार्टीहरू भएकाले स्टन्ट गर्नुपर्ने आवश्यकता छैन - परराष्ट्रमन्त्री राणा
काठमाडौँ - परराष्ट्रमन्त्री आरजु राणा देउवाले राहदानी र कन्सुलर विभागको निरीक्षण गरेकी छिन् ।
बुधबार त्रिपुरेश्वरस्थित विभागको कार्यालय पुगेर स्थलगत निरीक्षण गर्दै वस्तुस्थितिका बारेमा जानकारी लिएका थिइन् । सो क्रममा उनले केहीबेर सेवाग्राहीसँग कुराकानी गरेकी थिइन् भने कर्मचारीले विभागको सेवाका बारेमा जानकारी गराएका थिए ।
कर्मचारीसँग विभागको सेवा प्रवाहका बारेमा जानकारी लिएपछि मन्त्री राणाले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाह गर्न निर्देशन दिएकी थिइन् । त्यस्तै उनले सरकारमा निकै अनुभवी पार्टीहरू रहेकाले स्टन्ट गर्नुपर्ने कुनै आवश्यकता नरहेको बताइन् । मन्त्री राणाले जनताको सेवा प्रवाहमा सरकारको ध्यान केन्द्रित रहेको जिकिर गरिन् । विभागको सेवा प्रवाहलाई सहज गर्न देखिएका समस्या समाधानका लागि आफू प्रतिवद्ध रहेको उनको भनाइ छ ।
फरक प्रसंगमा मन्त्री राणाले आफूमाथि टीकापुर जग्गा प्रकरण, भुटानी शरणार्थी प्रकरण लगायतमा लगाइएका आरोपहरू निराधार रहेको बताइन् । कांग्रेस सभापति शेरबहादुर देउवाको श्रीमती भएकै कारण आफूलाई विभिन्न आरोप लगाउने गरेको उनले गुनासो गरिन्।
उनले नियोजित रुपमा स्टन्ट गर्न विभिन्न प्रकरणमा आफ्नो नाम मुछ्ने काम गरेको समेत बताइन् ।

परराष्ट्रमन्त्री देउवासँग जापानका उपविदेशमन्त्रीको भेट

जलवायुको असर हिमाली क्षेत्रमा धेरै, क्षतिपूर्तिका लागि विश्वको ध्यानाकषर्ण

डोटी पुगेर प्रचण्डले भने- जनबलमा सत्तामा पुग्यौँ

रेमिट्यान्सका नाममा अवैध पैसा भित्रिरहेको आशंका छ : शेखर कोइराला

गृहमन्त्री लेखक र पर्यटनमन्त्री पाण्डे सगरमाथा आधार शिविरमा

नेपालमा कुनै संकट छैन : प्रधानमन्त्री ओली

कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरीः अध्यक्ष नेपाल

प्रतिक्रिया