श्री एयरलाइन्सकी एयरहोस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ

धनगढी - मंगलबार काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा एयर होस्टेजलाई दुर्व्यवहार गर्ने युवक पक्राउ परेका छन् ।
कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का शिवराज ओझालाई मंगलबार अपरान्ह विमानस्थल सुरक्षा पोस्टले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाएको हो । उनलाई धनगढी विमानस्थलमा उत्रिएसँगै प्रहरीले पक्राउ गरेको थियो ।
मंगलबार त्रिभुवन विमानस्थलबाट ४ बजेर ५० मिनेटमा धनगढीका लागि उडेको जहाज उडेलगत्तै ओझाले दुई जना एयर होस्टेजमध्ये एकलाई जिस्क्याएका थिए । सो घटनाबारे पाइलटले धनगढीस्थित नागरिक उड्डयन प्राधिकरणलाई जानकारी गराएपछि जहाज अवतरण गर्नासाथ प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया