२ अर्ब ९४ करोड बचत हिनामिना गरेको ओरेन्टल सहकारीका सुधीर शर्मासँग छलफल

काठमाडौं - सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सरोकारवाला निकायसँगको छलफललाई जारी राखेको छ ।
सहकारी संस्था बचत रकम दुरुपयोगको छानबिनका लागि निष्कर्षमा पुग्न समितिले छलफललाई निरन्तरता दिएको हो । यसै क्रममा समितिले बुधबार ओरेन्टल सहकारीका सुधीर शर्मासँग छलफल गरेको समिति संयोजक सूर्य थापाले जानकारी दिए । १२ वर्षदेखि समस्याग्रस्त रहेको उक्त सहकारीले २ अर्ब ९४ करोड बचत फिर्ता गर्न बाँकी रहेको उनको भनाइ छ ।
त्यस्तै छलफलका क्रममा शर्माले आफूमाथि हजार बढी मुद्दा परेको र सबैको फेस गरेको बताएका थिए । आफूले बचतकर्ताको रकम फिर्ता गर्ने क्रममा रहेको बताउँदै शर्माले सहकारी सञ्चालनमा देखिएका समस्याका बारेमा जानकारी गराएको समिति संयोजक थापाले उल्लेख गरे ।
त्यस्तै समितिले बुधबार नै सहकारी सुरु गर्ने विश्वबन्धु थापासँग पनि छलफल गरेको थियो । सो क्रममा सहकारी क्षेत्रमा देखिएको बेतिथिका बारेमा छलफल भएको समिति संयोजक थापाले बताए ।

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण
'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्य…

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको …

प्रतिक्रिया