संक्रमणकालीन न्यायसम्बन्धि कार्यदलको बैठक सिंहदरबारमा जारी

काठमाडौँ- संक्रमणकालीन न्याय सम्बन्धित गठित कार्यदलको बैठक जारी छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा बैठक शुरु भएको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
कार्यदलमा नेपाली कांग्रेसबाट गृहमन्त्री रमेश लेखक, एमालेबाट मुख्य सचेतक महेश बर्तौला र माओवादी केन्द्रबाट उपमहासचिव जर्नादन शर्मा रहेका छन् ।
कार्यदलमा अहिलेसम्म भएका छलफलको मस्यौदा तयार परेर त्यसमाथि छलफल केन्द्रित गर्ने गरि गत सोमबारको बैठक सकिएको थियो ।
कार्यदलले पीडितमैत्री, सर्वोच्चको फैसला र अन्तर्राष्ट्रिय कानूनलाई आधार बनाएर विधेयकमा सहमति जुटाउने प्रयास गरिरहेको छ । कार्यदलले सहमति गरेपछि सो प्रतिवेदन शिर्ष नेताहरुलाई बुझाउने बताइएको छ ।
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रधानमन्त्री ओली आज महोत्तरी र बारा जाँदै
पूर्वराष्ट्रपति भण्डारीले भोलि पत्रकार सम्मेलन गर्ने

राजनीतिक स्थायित्व नै आर्थिक रुपान्तरणको आधारः उपप्रधानमन्त्री सिंह

कुनै एक पार्टीलाई एकल बहुमत ल्याउन गाह्रो छः सभापति देउवा
देशको समृद्धि सपना होइन सङ्कल्प बन्नुपर्छः पूर्वराष्ट्रपति भण्डारी

बिपी कोइरालाको आर्थिक नीति समृद्धि बाँड्ने होः प्रवक्ता महत

प्रतिक्रिया