प्रधानमन्त्री ओलीले त्रिविको नीति तथा कार्यक्रम रोकेपछि सुमना श्रेष्ठको प्रश्नैप्रश्न

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा पूर्व शिक्षा मन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्रिभुवन विश्वविद्यालयको नीति कार्यक्रम रोकेको भन्दै प्रश्न गरेकी छन् । बिहीबार सामाजिक सञ्जाल एक्समा श्रेष्ठले प्रश्न गरेकी हुन् ।
'विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो की विद्यार्थी र असल प्राध्यापकका लागि हो ?' श्रेष्ठले प्रश्न गरेकी छिन् 'पदेन कुलपति रहनुभएको प्रधानमन्त्रीले २०८१ साल श्रावन १५ गते मंगलबार त्रिविको नीति तथा कार्यक्रम रोक्नु भयो ।'
त्यस्तै उनले विभिन्न तहको समीक्षा पार गरेको, त्रिविको प्राज्ञ टिमले मेहनत गरेर तयार पारेर अपनत्वसमेत लिएको त्यो दस्ताबेज रहेको भन्दै रोकिएको कार्यक्रम पत्रपत्रिकामा सार्वजनिक भइसकेपछि के चाहीँ चित्त बुझेन छ यहाँलाई ? भन्दै प्रश्न गरेकी छन् । 'त्रिवि प्राज्ञलेभन्दा राम्रो काम म गर्न सक्छु भन्ने दम्भ हो कुलपतिको ?' उनले लेखेकी छन् 'यस्तो हस्तक्षेपले राजनीतिक व्यक्ति विश्वविद्यालयको कुलपति हुनु हुँदैन भन्ने कुरा झनै प्रष्ट पार्छ ।'
'अब के हुन्छ ? नयाँ नीति तथा कार्यक्रम बनाउने भनेर कति समय झुलाउनु हुन्छ ? नझुलाउनको लागि के लेनदेन हुन्छ, कसलाई के पद माग्नु हुन्छ ?' श्रेष्ठले प्रश्न गरेकी छन् 'आखिर विश्वविद्यालय त आफ्नो कार्यकर्ताको गरी खाने भाँडो न हो, अरु प्राध्यापक र विद्यार्थीहरू मूक दर्शक न हुन् हैन त ? स्मरण रहोस् नयाँ नीति तथा कार्यक्रम पास गर्न कति समय लाग्छ, के के हेरफेर हुन्छ हामी हिसाब राख्ने छौँ ।'
प्रधानमन्त्री खड्गप्रसाद ओली ज्यू,
— Sumana (@SumanaShrestha) August 1, 2024
विश्वविद्यालय कार्यकर्ता रिझाउनका लागि हो की विद्यार्थी र असल प्राध्यापकका लागि हो?
पदेन कुलपति रहनुभएको प्रधानमन्त्रीले २०८१ साल श्रावन १५ गते मंगलबार त्रिविको नीति तथा कार्यक्रम रोक्नु भयो।
विभिन्न तहको समीक्षा पार गरेको, त्रिविको प्राज्ञ…

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया