भारतको केरलामा बाढी र पहिरोमा मृत्यु हुनेको संख्या १७८ पुग्यो

काठमाडौं - भारतको केरलाको वायनाडमा आएको बाढी र भूस्खलनमा मृत्यु हुनेको संख्या १७८ पुगेको छ ।
केरलाको मुख्यमन्त्रीको कार्यालयले अहिलेसम्म १७८ जनाको मृत्यु भएको जसमा २६ बालबालिकासहित ८१ पुरुष र ७१ महिला रहेका छन् ।
त्यस्तै घटनामा बेपत्ता हुनेको संख्या ९८ पुगेको बताइएको छ ।
प्राकृतिक विपदबाट ठूलो संख्यामा मानिसले ज्यान गुमाएपछि राज्यमा दुई दिनको शोकको घोषणा गरिएको छ ।
अहिले उद्धार कार्यमा एनडीआरएफ, कन्नूर डिफेन्स सेक्युरिटी कोर र वायुसेनाका हेलिकप्टर संलग्न रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । हाल ८८ राहत शिविर बनाएर करिब ९ हजारलाई ति शिविरमा राखिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।
केरलाको प्रकोप व्यवस्थापन विभागले मानिसहरूलाई पहिरोको सम्भावना भएका ठाउँहरूबाट टाढा रहन आग्रह गरेको छ ।

दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको …

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

प्रतिक्रिया