चर्चित सङ्गीतकार गुरुदेव कामतको निधन

काठमाडौँ- शास्त्रीय सङ्गीतका चर्चित गुरुदेव कामतको निधन भएको छ ।
सिरहास्थित लक्ष्मीपुरतारी गाउँपालिका–२ पोखरभिण्डा घर भएका ६८ वर्षीय कामतको आफ्नै निवासमा आज बिहान निधन भएको हो । उनी मधुमेह बढेपछि ६ दिनदेखि खान र बोल्न छाडेर गम्भीर सिकिस्त विमारी रहेका थिए
दुबै मिर्गौला काम गर्न छाडेपछि ६ महिनादेखि आफ्नै घरमा थला परेका कामतको डायलिस उपचार लहानस्थित रामकुमार उमा प्रसाद प्रादेशिक अस्पतालमा दुई दिन बिराएर भइरहेको थियो । आज बिहान डायलिससका लागि लहान ल्याउन तयार भएको अवस्थामा उनले अन्तिम श्वास लिएको परिवारजनले जनाएको छ ।
दस वर्षको उमेरमै गाउँघरमा मनोरञ्जनका लागि गरिने नाटक स्टेज कार्यक्रमबाट चम्किएका गुरुदेव कामतले भारतको इलाहावाद र पश्चिम मङगालबाट शास्त्रीय संगीत सिकेका थिए ।
२०६१ सालदेखि काठमाडौंमा गुरुकल संगीत पाठशाला खोलेर सयौलाई संगीत सिकाएका कामतलाई ६ महिना पहिले दुवै मिर्गौला काम गर्न छाडेपछि काठमाडौंमा उपचार गराएर डायलोसिस नियमित गराउन चिकित्सकहरुले दिएको सल्लाह अनुसार लहानमा डाइलोसिल गराउँदै आइरहेका थिए ।
उनका तीन छोरा एक छोरी रहेका छन् । उनको आजै दिउँसो २ बजे पोखरभिण्डामा अन्तिम दाह संस्कार गरिने परिवारजनले जनाएको छ ।

शाहरूख खानको छिमेकी बन्दै आमिर खान, लिए नयाँ फ्लाट

जसले फिल्म खेलेबापत नाफाको हिस्सा लिन्छन्

डा. श्रीधर खनालको ‘सावर्णि’ लाई 'सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कार-२०२५' प्र…

गायिका सिर्जना खत्रीको हाउडेमाया तिज गित ‘नारी मस्तिमा’

शाहरूख खानले पाए २ लाखको पुरस्कार

सलमानको एक फिल्म बन्न २० वर्ष लाग्यो, बक्स अफिसमा सुपरफ्लप

डार्क कमेडी फिल्म ‘ताराहरू’ को नयाँ पोस्टर सार्वजनिक

प्रतिक्रिया