अब बानेश्वर, त्रिपुरेश्वर र भद्रकालीको सार्वजनिक शौचालयमा शुल्क नलाग्ने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाभित्रको सार्वजनिक स्थानका शौचालयमा सेवाग्राहीले निःशुल्क प्रयोग गर्न पाउने भएका छन् । एरोशान कम्पनीले सञ्चालनमा ल्याएको नयाँ बानेश्वरको शौचालय, त्रिपुरेश्वर र भद्रकालीको सार्वजनिक शौचालयमा सेवाग्राहीले निःशुल्क प्रयोग गर्न पाउने भएका हुन् ।
यसअघि तीनै वटा सार्वजनिक शौचालयमा सेवाग्राहीले शुःल्क तिर्दै आएका थिए । काठमाडौँ महानगरपालिकाले तीन ठाउँको शौचालय सञ्चालकसँग सहमति गरेपछि सेवाग्राहीले शुःल्क तिर्न नपर्ने भएको हो ।
महानगरका नगर प्रहरी बद्रीमान नगरकोटीले महानगरको सार्वजनिक स्थानमा सञ्चालनमा रहेका शौचालयमा सेवाग्राहीले निःशुल्क प्रयोग गर्न पाउने गरेर अभियान चलाइएको बताए ।
उनका अनुसार यसअघि शौचालय प्रयोग गरेबापत शुल्क तिर्नु परे पनि अबदेखि तिर्नु पर्दैन । शौचालय प्रयोग गरेबापत सेवाग्राहीले १० रुपैयाँ तिर्दै आएका थिए ।
महानगरले शौचालय सञ्चालकलाई निजी साझेदारी अन्तर्गत अनुदान दिने गरेर छलफल चलिरहेको जनाएको छ । कम्पनीले महानगरसँग शौचालय सफाइ गर्न राखिएको कर्मचारीलाई तलब दिन केही रकम माग गरेको छ ।
‘महानगरसँग आवद्ध भएकाले निजी साझेदारी अन्तर्गत अनुदान दिने भन्ने छलफल भइरहेको छ,’ उनले भने ।
उनका अनुसार सार्वजनिक स्थान, सरकारी निकाय, पशुपति क्षेत्र विकास कोष र गुठी संस्थान गरेर हाल महानगरभित्र ६४ वटा शौचालय छन् ।
बानेश्वरमा भएको सार्वजनिक शौचालयकी एक महिला कर्मचारीले केही दिनको लागि शौचालय प्रयोगको शुल्क नलिने व्यवस्था गरिएको बताइन् । महानगरसँग मिटिङ्ग भएर जे निर्णय आउँछ त्यहीँ अनुसार कार्यान्वयन गराइने उनको भनाइ छ । दैनिक शौचालय प्रयोगकर्ताबाट एक हजार देखि एघार सय रुपैयाँसम्म संकलन हुने गरेको उनले जानकारी दिइन् ।
बानेश्वर र त्रिपुरेश्वरको सार्वजनिक शौचालय अपाङ्गमैत्री रहेको छ । भद्रकालीको शौचालयमा भने अपाङ्गमैत्री छैन ।

आजको मौसमः चार प्रदेशमा बर्षा र हिमालमा हिमपात हुने

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

सगरमाथा चढन तयारीमा रहेका असई छन्त्याललाई प्रधानमन्त्रीको बिदाई

पत्रकार कार्की माथी हमला गर्ने माथी कारबाही गर्न प्रेस चौतारीको माग

बानेश्वरको झडपमा पत्रकारसहित ५० बढी शिक्षक घाइते

भरतपुरमा सुत्केरी महिलालाई पौष्टिक खाना र यातायात खर्च निःशुल्क

चिनियाँ भाषा सिक्न आएका इन्जिनियर सापकोटाको संघाइमा मोडिएको जिन्दगी

प्रतिक्रिया