प्रभु बैंकमा राखिएको १ करोड बढी पैसा गायब

काठमाडौं - झापाका पत्रकार टिकाराम नेपालको फिक्स डिपोजिटमा राखेको १ करोड बढी पैसा गायब भएको छ । श्रीमती मन्जु कुमारी नेपालका नाममा प्रभु बैंकको स्थानीय शाखामा जम्मा गरेको १ करोड १० लाख ४३ हजार रुपैयाँ गायब भएको हो ।
नेपालले गत माघ तीन गते ६ महिनाका लागि सो रकम फिक्समा राखेका थिए । तीन महिना अमेरिका बसेर फर्किएका नेपाल दम्पतीले बैंकमा राखेको पैसा निकाल्न जाँदा पैसा नै गायब भएको खुलासा भएको हो ।
बैंकका कर्मचारीले सम्बन्धित व्यक्तिको नाम र खाता नम्बर मागेर कम्प्युटरमा ‘सर्च’ गर्दा रकम गायब थियो । नेपालले बुधबार पत्रकार सम्मेलन गर्दै पैसा गायब भएको जानकारी गराएका हुन् ।
उनले आफ्नो पैसा गायब भएको बारे बैंक जवाफदेही हुनुपर्ने बताए ।
बैंकका मार्केटिङ म्यानेजर भद्रपुर निवासी प्रमोद सिटौलाले रकम अपचलन गरेको बैंकको दाबी छ । सिटौला सम्पर्कविहीन छन् ।

कामना सेवा विकास बैंक एनपिएस–नेसनल कार्ड स्विच तथा नेपाल पे कार्डमा आवद्ध

लक्ष्मी सनराइज बैंक एनपिएस–नेशनल कार्ड स्वीच तथा नेपाल पेमा आवद्ध

एनएमबि बैंकको अगुवाइमा लाप्चे तामाकोशी र चेपे जलविद्युत् आयोजनाको वित्तीय व्…

एनएमबि बैंकको अगुवाइमा बज्र मादी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

ग्लोबल आइएमई बैंकको अनलाइन पेमेन्ट गेटवे सुचारु

माछापुच्छ्रे बैंक र सि.बि.एल.मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सम्झौता

प्राइम कमर्सियल बैंक एनपीएस-नेशनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध
_FvATixvdZW_e3dio6lwcxe6ryp9ahcgzovxtuw0e20rhdu2dddy6r9tpr6xa2fueo9zenmv_Nbc0oFacYo_zcgozks9a9vnzijvmcyaxgt1ptaf1kohokusl8szds7u7oyeqcajgyxcf68s.png)
प्रतिक्रिया