नाइजेरियाको चिया पसलमा विस्फोट, १९ जनाको मृत्यु, दर्जनौँ घाइते

नाइजेरिया -उत्तरपूर्वी नाइजेरियास्थित एक गाउँको चिया पसलमा भएको बम विस्फोटमा परी १९ जनाको मृत्यु हुनुका साथै दुई दर्जनभन्दा बढी घाइते भएको नाइजेरियाली सुरक्षा स्रोतले बिहीबार जनाएको छ ।
स्रोतका अनुसार बुधबार साँझ बोर्नो राज्यको काउरी गाउँमा भएको विस्फोट पछिल्लो समयको सबैभन्दा घातक घटना हो ।
हालसम्म विस्फोटको कुनै पनि समूहले जिम्मेवारी लिएको छैन यद्यपि बोको हराम जिहादी समूह र उनीहरूको प्रतिद्वन्द्वी पश्चिम अफ्रिका क्षेत्रीय इस्लामिक स्टेट दुवै बोर्नोमा सक्रिय छन् ।
नाइजेरियाको सेनाले हालसम्म घटनाबारे कुनै प्रतिक्रिया दिएको छैन ।
बोर्नोको ग्वोजा क्षेत्रमा विवाह, अस्पताल र अन्त्येष्टिमा लक्षित गरी थुप्रै आत्मघाती आक्रमण गरी ३२ जनाको हत्या गरेको केही हप्तापछि काउरी आक्रमण भएको हो ।

दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको …

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

प्रतिक्रिया