चीनमा भारी वर्षाका कारण ३० जनाको मृत्यु, ३५ बेपत्ता

चीन - यस हप्ताको सुरुमा देशमा परेको भारी वर्षाले निम्त्याएको विपद्बाट मध्य चीनमा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै ३५ जना बेपत्ता भएको राज्य सञ्चालित सञ्चारमाध्यमले बिहीबार जनाएको छ ।
एक हप्ताअघि पूर्वी चीनमा अवतरण गरेको 'टाइफुन गेमी'बाट हुनान प्रान्त विशेष गरी प्रभावित भएको हो ।
केही क्षेत्रहरूमा २४ घण्टामा ६४५ मिलिमिटर वर्षा मापन भएपछि जिक्सिङ सहरबाट ११ हजारभन्दा बढी मानिसहरूलाई सहरबाट अन्यत्रै सारिएको सरकारी समाचार एजेन्सी सिन्ह्वाले मंगलबार जनाएको थियो ।
जिक्सिङ क्षेत्रका बस्तीलाई जोड्ने धेरै सडकहरू चरम मौसमका कारण अस्थायी रुपमा अवरुद्ध गरिएका थिए जसले बिजुली आपूर्ति र सञ्चार पूर्वाधारलाई पनि असर गरेको थियो ।
'टाइफुन गेमीबाट सबैभन्दा बढी प्रभावित जिक्सिङ सहरका आठवटा सहरमा अवरुद्ध गरिएको सडकहरु हाल खोलिएको छ । प्रारम्भिक निष्कर्षले ३० जनाको मृत्यु र ३५ जना बेपत्ता भएको देखाएको छ', अनुसन्धान र उद्धार प्रयास अझै जारी रहेको बताउदै राज्य प्रसारणकर्ता सिसिटिभीले बिहीबार जनाएको छ ।
हुनानको योङ्क्सिङ काउन्टीमा तीन जनाको मृत्यु भएको र आइतबार प्रान्तका अन्य ठाउँमा गएको पहिरोमा १५ जनाको मृत्यु भएको सिन्ह्वाले बताएको छ ।

शीर्ष गणित प्रतियोगितामा मानिसबाट एआई पराजित

हरेक वर्षको गर्मीमा हराउँछन् चिनियाँ राष्ट्रपति सी, यस्तो छ रहस्य

रूस र युक्रेनबीच टर्कीमा आज तेस्रो चरणको वार्ता हुँदै

पाकिस्तानमा मनसुन प्रकोप: जनजीवन अस्तव्यस्त, सयौं प्रभावित

गाजामा भएको इजरायली आक्रमणमा १५ जनाको मृत्यु
चीनमा रोजगारीको अवस्था सुदृढ, आर्थिक वृद्धि दर सकारात्मक

अमेरिका युनेस्कोबाट बाहिरियो, इजरायलविरुद्ध पक्षपात गरेको आरोप

प्रतिक्रिया