३४ वर्षपछि 'चेन अफ कमाण्ड'मा फर्किए सरेश नेपाल

काठमाडौँ- बिहीबार बसेको नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले सिन्धुपाल्चोकको ईन्चार्जको जिम्मेवारीमा सरेश नेपाललाई तोकेको छ । भूगोल बाहिरबाट ईन्चार्ज तोक्ने यसअघिको निर्णय परिवर्तन गरेर भूगोलभित्रैबाट केन्द्र स्तरका नेता मध्येकालाई जिम्मेवारी दिने सन्दर्भमा नेता नेपाल ईन्चार्ज बनेका हुन् । विगतमा पनि जिल्लाका सिनियर नेतृत्वभित्रबाटै यो जिम्मेवारी प्रदान गरिँदै आइएको थियो ।
पार्टी भूमिगत स्थितिमा रहेकै बेला जिल्ला कमिटीको सदस्य रहेका नेपाल २०४० सालको पिस्कर काण्डमा काठमाडौँ र वीरगञ्जस्थित कारागारमा राजतन्त्रको विरोध गरेको भन्दै ३ वर्ष नजरबन्दमा थुनिएका थिए । त्यसअघि उनी ताहाचल क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट सभापति बनेका थिए ।
बाहिरी जिल्लाबाट पार्टी नेतृत्व गर्न खटाइएका पुर्णकालिन नेताहरू पार्टीमाथिको प्रतिबन्ध हटेपछि आआफ्नो भूगोलमा फर्काउने निर्णय पार्टीले गरेको थियो । त्यहि परिस्थितिमा नेता नेपाल सिन्धुपाल्चोकको पार्टी प्रमुख बनेका थिए । उनको नेतृत्वमा मार्क्सवादीसँग सिन्धुपाल्चोकमा पार्टी एकता भयो र दोस्रो जिल्ला अधिवेशनमा पनि उनी सर्वसम्मत सचिव (कमिटी प्रमुख)मा छानिए ।
जिल्लाको पार्टी काम अप्ठ्यारो अवस्थामा रहेकै बेला उनलै विशेष भूमिका निर्वाह गर्दै आएका छन् । 'बहुदल स्थापनाको बेला पुर्वपञ्चहरूको खुकुरी दलसँग भिड्ने बेला होस वा कांग्रेसको सर्वसत्तावादी उन्मादको प्रतिकुल स्थितिमा होस् पार्टी कामको नेतृत्व सम्हालेको अनुभव उहाँसँग छ' सिन्धुपाल्चोकका एक एमाले नेताले भने ।
२०४८ सालको निर्वाचनमा बिलकुल नयाँ नेतृत्वलाई स्थापित गर्दै तीनमध्ये दुई सिट जिताउने र बहुदलको स्थापनापछि दुवै स्थानय निर्वाचनमा उनकै नेतृत्वको टिमलाई प्रतिस्पर्धामा अघि सार्ने काम एमालेले गर्यो । 'एमालेको भूगोलको कामलाई उठाउन उनले गरेको मेहनतलाई कसैले नकार्न सक्दैन' ती एमाले नेताले भने 'जब पार्टीभित्र अन्तरसंघर्ष चर्क्यो त्यसपछि उहाँ पार्टीको चेन अफ कमाण्डको भूमिकामा लामो समय रहेनु भएन ।'
पछिल्लो कालमा पार्टीभित्र उत्पन्न भएको अन्तरसंघर्षमा उनले पार्टी नीति र नेतृत्व जोगाउन निर्वाह गरेको मेहनतले उनलाई जिल्ला ईन्चार्जको नयाँ भूमिकामा अघि सारेको सिन्धुपाल्चोक एमालेभित्र चर्चा छ । खास गरेर दशौं महाधिवेशनले एमालेलाई अवसरवाद र अराजकताबाट मुक्त गर्ने अठोट लिएकोले त्यसको कार्यान्वयन हुने छ भन्ने आशा पार्टी पंङ्तिले राखेको ती नेताले बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया