ठाकुर समूहका सांसदहरूको बैठक बस्दै

काठमाडौँ : जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले पार्टीका निवर्तमान सांसदहरूको बैठक बस्दैछ । बिहीबार दिउँसो एक बजे पार्टीको बबरमहलस्थित कार्यालयमा अध्यक्ष ठाकुर र संसदीय दलका नेता महतोले निवर्तमान सांसदहरूको बैठक बोलाएका हुन् ।
उनी पक्षीय एक नेताका अनुसार सर्वोच्च अदालतले मंगलबार दिएको अन्तरिम आदेश, प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा संवैधानिक इजलासमा भइरहेको बहस र पार्टीको आन्तरिक किचलोबारे छलफल हुने बताइएको छ ।
त्यस्तै निवर्तमान सांसदहरूको बैठक छिटै सकिए बिहीबार नै र ढिलासम्म चले शुक्रबार कार्यकारिणी समिति सदस्यहरूलाई बैठकका लागि तयार हुन भनिएको एक नेताले बताए । कार्यकारिणी समिति बैठकमा निर्वाचन आयोगले १५ दिनभित्र पार्टीको आधिकारिकताबारे दाबी पेस गर्न भनेकोबारे छलफल हुने नेताहरूले बताएका छन् ।
केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधि सभा विघटनलाई समर्थन गर्ने कि बदर गर्न माग गर्ने भन्ने विषयमा जसपामा विवाद छ । ठाकुर समूहले विघटनलाई समर्थन गर्नै ओली नेतृत्वको सरकारमा सहभागी भएको थियो भने अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई विघटन बदरको माग गर्दै सर्वोच्च अदालतसम्म पुगेका छन् ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया