प्युठानमा एकै परिवारका तीन जनामा हैजा संक्रमण

स्वर्गद्वारी (प्युठान)- प्युठानमा तीन जनामा हैजा संक्रमण पुष्टि भएको छ । उनीहरू एउटै परिवारका रहेका छन् ।
गौमुखी गाउँपालिका–५ का ७१ वर्षीया लक्ष्मीकुमारी मल्ल, ३५ वर्षीय मिनबहादुर मल्ल र १२ वर्षीया शिवकुमारी मल्ल हैजाबाट संक्रमित भएका गौमुखी गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख हरिप्रसाद जैसीले जानकारी दिए । तीनै जनालाई झाडापखाला लागेपछि उनीहरूको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।
'जिल्ला अस्पतालमा परीक्षणका क्रममा तीनै जनामा हैजा पुष्टि भएको हो,' उनले भने । गौमुखी गाउँपालिकाका आठ जनामा झाडापखाला देखिएको थियो । उनीहरूको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

पहिरोमा पुरिएर श्रीमान श्रीमतीको मृत्यु

म्याग्दीमा रहेको खानेपानी तथा ढल व्यवस्थापन आयोजना पोखरामा गाभिदै

बिहीबारबाट धरहरा बिहान ८ देखि बेलुकी ८ बजेसम्म खुला हुने

पन्ध्र तोलाभन्दा बढी सुनका गहनासहित कोहलपुुरबाट छ जना पक्राउ

कावासोतीमा करेन्ट लागेर एक मजदुरको मृत्यु

तुइन चुँडिदा महाकालीमा खसेर एकजना बेपत्ता

मकरको राम्रै फाइदाको योग, कुम्भलाई नयाँ कामको मौका

प्रतिक्रिया