विद्युतीय व्यापार विधेयक छिटो पारित गरेर अघि बढाउन उद्योगमन्त्री भण्डारीको आग्रह

काठमाडौँ- उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्ता सांसदहरूसँग छलफल गरेको छ ।
शुक्रबार सिंहदरबारमा बसेको समिति बैठकले उक्त विधेयकका सन्दर्भमा संशोधनकर्ता सांसदसँग छलफल गरेको हो । सो क्रममा उनीहरूले विद्युतीय व्यापारका मार्फत नेपालको उत्पादनलाई विश्व बजारमा सहज रूपमा निर्यात गर्न सक्ने गरी कानुन बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरूले विद्युतीय माध्यमबाट हुने व्यापारबाट हुनसक्ने ठगीलाई नियन्त्रण गर्न विधेयक निकै महत्वपूर्ण हुने बताएका छन् ।
बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विद्युतीय व्यापार विधेयक छिटो पारित गरेर अघि बढाउन आग्रह गरे । उनले सरकारले तयार गरेका ड्राफ्टमाथि सांसदहरूले दिएका जायज सुझावहरूलाई विधेयकमा समेट्ने प्रतिबद्धता जनाए ।
सरकारले विद्युतीय व्यापारको माध्यमबाट वस्तु तथा सेवाको खरिदबिक्री बढ्दो क्रममा रहेकाले विद्युतीय माध्यमबाट हुने कारोबारलाई नियमन गर्न तथा व्यवस्थित र विश्वसनीय बनाउँदै प्रवर्द्धन गर्न उक्त विधेयक ल्याएको हो ।

राष्ट्रियसभाको बैठक बस्दै, सम्भावित कार्यसूचीमा के छ ?

एमाले केन्द्रीय समिति बैठक आज पनि

एमाले केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी

पार्टीको बारेमा बुझाउन पुस्तकालयको भूमिका महत्त्वपूर्ण हुनेछ : सभापति देउवा

वी.पी.स्मृति अस्पतालद्वारा ४३ औँ वी.पी.कोइराला स्मृति दिवस विविध कार्यक्रमसहित…

सङ्घीयतालाई कमजोर बनाउने खेल भइरहेको छ : सिके राउत

‘कृषिक्षेत्र आत्मनिर्भरतातर्फ उन्मुख छ’

प्रतिक्रिया