मुलुकको समस्या समाधान गर्न अहिलेको व्यवस्थाले सक्दैन, विकल्प खोजौँ : कमल थापा

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा अहिले कायम बेथिति, विकृतिको अन्त्यको निमित्त देशले बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति खोजिरहेको बताएका छन् ।
'भ्रष्टाचार, बेरोजगारी, धर्म परिवर्तन, आर्थिक मन्दीलगायतका समस्या समाधान गर्न अहिलेको राज्य प्रणालीले सक्दैन,' थापाले भने । अहिलेको व्यवस्था असफल साबित भइसकेको अब विकल्प खोज्नुपर्नेमा उनको जोड थियो ।
मुलुकलाई सही दिशा दिनका लागि आन्दोलनको विकल्प नभएको भन्दै थापाले बलियो संगठन निर्माण गरेर आन्दोलनको तयारीमा जुट्न कार्यकर्ताहरूलाई आग्रह गरे ।
देशव्यापी संगठन सुदृढीकरण अभियान संचालन आजको प्रमुख आवश्यकत भएको चर्चा गर्दै थापाले महाधिवेशनको मितिलाई मध्यनजर गरेर इकाई अधिवेशनको काम सम्पन्न गर्नुपर्ने समेत बताए । कार्यक्रममा डा. बिष्णु भण्डारी, राजाराम बर्तौला "चुनेली" श्याम घिमिरे, देबेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया