चोरलाई हत्या गरेको आरोपमा पुजारीसहित दुई पक्राउ

जनकपुरधाम : चोरलाई हत्या गरेको आरोपमा बारा प्रहरीले मन्दिरका पुजारीसहित दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिश्रामपुर गाउँपालिका-२ बरैनिया बजारस्थित रहेको हनुमान मन्दिरका पुजारी ७२ वर्षीय वीरबहादुर यादव (दास बाबा) र फेटा गाउँपालिका-३ फुलवरिया टोल बस्ने ३५ वर्षीय पारस महतो धानुक रहेको प्रहरीले जनाएको छ ।
मन्दिरमा चोरी गर्न गएका बरैनिया बस्न २५ वर्षीय भादो भन्ने वीरेन्द्र बैठालाई चिम्टा र भाटाले पिटेर हत्या गरिएको अवस्थामा सडक पेटीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चिम्टा र भाटाले पिट्दा मृत्यु भएको बैठाको शव सडक पेट्टीमा फालेका थिए । तालिम प्राप्त कुकुरसहितको विशेषज्ञ प्रहरी टोली झिकाई घटनास्थलको सुक्ष्म अनुसन्धान गर्दा हत्याराहरुलाई पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।
मृतकलाई चोरी गर्ने क्रममा गाउँलेहरूले धेरै पटक कुटपिट गरी छाड्ने गरेका थिए । बरैनिया बजारस्थित हनुमान मन्दिरको प्राङ्गणमा सर्च गर्ने क्रममा प्रहरीले अनुसन्धान गर्दै जाँदा अभियुक्तहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सशस्त्र प्रहरीद्वारा साढे सात हजार कुखुराका चल्ला बरामद

रौतहटमा विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास

सप्तरीमा डाका समूहद्वारा लुटपाटसँगै एकको हत्या

मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

मधेस प्रदेशमा राष्ट्रिय शिक्षा सम्मेलन हुने

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

प्रतिक्रिया