यस्तो छ आजको राशिफल

काठमाडौँ । आज २०८१ साउन १९ गते शनिबार ।
मेष
टाढाको यात्रा गर्ने मौका छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ । पतिपत्नीबीच घरसल्लाह भने नमिल्न सक्छ । साथीभाईसँग मन प्रसन्न रहनेछ ।
वृष
व्यापार व्यवसायमा प्रशस्त फाइदा हुने योग रहेकोछ । दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांकन हुनेछ । पढाइमा पनि प्रगति हुने समय छ ।
मिथुन
स्वास्थ्यमा सुधार आउनेछ। व्यापार व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइ लेखाइमा प्रगति हुनेछ ।
कर्कट
रोकिएका अधुरा कामहरू सुचारु हुनेछन् । धेरैले तपाईंका कामको तारिफ गर्नेछन् । लामो समयपछि साथीभाईसँग भेट हुँदा मन प्रसन्न रहनेछ ।
सिंह
समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने बेला छ । स्वास्थ्यमा सुधार आउनेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । रमाइलोमा समय बित्नेछ ।
कन्या
सुख दु:खमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । आफन्तको सहयोगले महत्वपूर्ण कामहरू सफल हुनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।
तुला
सोचेको आटेको कामहरू बन्नेछन् । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा बदलिने छ।
वृश्चिक
सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।
धनु
नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।
मकर
परोपकारी काममा रुची बढ्नेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाईसँग रमाइलोमा समय बित्नेछ ।
कुम्भ
सहयोगीहरूले काममा साथ दिनेछन् । आँटेका काम पनि सजिलै बन्नेछन् । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ ।
मीन
साथीभाईसँग भेट हुँदा मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा प्रसस्त लाभ मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।

बाढीले दुम्किवासमा ‘डाइभर्सन’ बगायो, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

तुलाले आँटेको काममा सफलता पाउने, कुम्भलाई नयाँ कामको थालनी गर्ने मौका

दिलभूषण पाठकलाई खोज्दै घरमा पुग्यो प्रहरी

निकुञ्जले हुर्काएको अर्को गैडा पनि सदर चिडियाखानामा

श्रीनिवास मल्लको सिंहासन सावर्जनिक रुपमा प्रदर्शन

‘लेख्दा र बोल्दा साइबर कानुनको सिक्रीले बाँध्ने अभ्यास सुरु भयो’

डिएसपी भन्दै ठगी गरेको अभियोगमा पक्राउ

प्रतिक्रिया