ह्यारिसलाई उम्मेदवार बन्न बहुमत डेमोक्रेट प्रतिनिधिको सर्मथन

काठमाडौँ- अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने पक्का भएको छ । उनले पार्टीका प्रतिनिधिबाट सबैभन्दा बढी मत प्राप्त गरेका छन् ।
ह्यारिसले यही महिनाको अन्त्यमा सिकागोमा हुने डेमोक्रेटिक राष्ट्रिय महाधिवेशनअघि सम्भावित उम्मेदवारका रूपमा छनोट हुन पाउँदा आफूलाई सम्मानित भएको बताएकी छन् ।
डेमोक्रेट पार्टीको प्रतिनिधिहरुले मतदान मार्फत ह्यारिसलाई राष्ट्रपतिको उम्मेदवारका लागि छानेका हुन् । अब यसको औपचारिक घोषणा भने यहि अगस्त १९ देखि हुने डेमोक्रेट पार्टीको कन्भेन्सनमा हुने छ ।
ह्यारिस पहिलो अश्वेत महिला र दक्षिण एसियाली मूलकी पहिलो महिला हुन् जसलाई प्रमुख अमेरिकी पार्टीको राष्ट्रपतिको उम्मेदवारको रूपमा छनोट गरिएको छ।
यदि उनले नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई पराजित गरे भने उनी अमेरिकाको पहिलो महिला राष्ट्रपति बन्नेछिन् ।
राष्ट्रपति जो बाइडेनले आफूलाई राष्ट्रपतिको दौडबाट टाढा राखेर कमला ह्यारिसलाई राष्ट्रपतिको लागि समर्थन गरेपछि, ह्यारिसले भर्चुअल रोल कलमा कुनै विरोधको सामना गर्नु परेन।
कमला ह्यारिस शुक्रबार दिउँसो डेमोक्रेटका ४ हजार मध्ये २३५० डेमोक्रेटिक डेलिगेट्सको समर्थन प्राप्त गरेपछि औपचारिक रूपमा राष्ट्रपति पदको उम्मेदवार बनेकी हुन् ।

मस्कसँगको सम्बन्ध सुधार्ने इच्छा छैन : ट्रम्प

जब मस्कले ह्वाइट हाउसमा अनुमति बिना नै स्टारलिंकको वाईफाई जोडिदिए...
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_Lc2usOgK8a_wqcv9gac6mzxq3eyaduutyvpnxnfkjevwzfzy5ar7phhmx0tjdxaygmvvfgd_Z7raxoUJFh_hn7oblycfptpqc3wyekj4albllgtmjsp1ryfkczgognj0kohyjwf7emrxlay_64kJrvWkKx_lmgpvfmplc4yjelsubccmgo4inj2rrlazfucr7i4jjkvk7tq9z0sq8jlo3eb.jpg)
कोलम्बियामा राष्ट्रपतिका उम्मेदवारमाथि गोली प्रहार

गाजामा थाइ बन्धकको मृत शरीर फेला, थाइल्याण्डद्वारा दुःख व्यक्त

'अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध'

अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान

‘एप्स्टिनको फाइलमा’ ट्रम्पको नाम पनि रहेको दाबी गरिएको मस्कको पोस्ट हटाइयो

प्रतिक्रिया