आइतबारदेखि पुरानो भाडादरमा उडान भर्न निजी वायुसेवा सञ्चालक कम्पनी तयार

काठमाडौँ : निजी वायुसेवा सञ्चालक कम्पनी आइतबारदेखि २५ प्रतिशत यात्रु लिएर आन्तरिक उडान सञ्चालन गर्न तयार रहेका छन् । मन्त्रिपरिषद्को निर्णय अनुसार आन्तरिक उडान सञ्चालन गर्न निर्देशन दिएका आधारमा १७ गतेसम्म पर्खन नसक्ने वायुसेवा सञ्चालक कम्पनीका प्रवक्ता योगराज कँडेलले इकागजलाई जानकारी दिए ।
'पुरानो भाडादरमा हामी यात्रु राखी उडान भर्न तयार छौँ,' कँडेल भन्छन्,' १७ गतेबाट ५० प्रतिशत यात्रु राखेर उडान भर्नेछौँ । तत्काललाई आइतबारदेखि उडान भर्न दिनुपर्छ ।'
हवाइ इन्धनको मुल्य बढेको छ त्यस विषयमा सरकारसँग कुरा राख्ने उनले प्रस्ट पारे । सरकारले कोरोना महामारीको समयमा उडान खुलाउने अनुमति दिनु स्वागतयोग्य कुरा रहेको कँडेलले बताए ।
'चाँडो खुलाउन दिनुपर्छ भनी आज नागरिक उड्डयन प्राधिकरणसँग वार्ता छ । सरकारले भनेको समयभन्दा अघि उडान भर्न पाउनुपर्छ भनी माग राख्नेछौँ,' उनी भन्छन् ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत यात्रु राखेर आन्तरिक उडान सञ्चालन गर्ने निर्णय गरेको थियो । बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले १७ गतेबाट आन्तरिक उडान भर्न अनुमति दिने सूचना सार्वजनिक गरेको थियो ।
दोस्रो लहरको कोभिड-१९ को संक्रमण बढेपछि वैशाख २० गतेबाट आन्तरिक उडान बन्द भएको थियो ।

धनुषामा आँप महोत्सव हुँदै

ब्राण्ड बनेको गुल्मीको ‘थोर्गेली गुड’

नेशनल लाइफकी अध्यक्ष सिंहद्वारा पद तथा गोपनियताको शपथ

नेशनल लाइफलाई उत्कृष्ट जीवन बीमकको उपाधि

युरो एकको खरिददर १६० रूपैयाँ नाघ्यो, अरू मुद्रा कतिमा हुँदैछ कारोबार ?

‘टेक एण्ड पे’ विद्युत खरिद सम्झौता (पीपीए) नीति हटाउने निर्णय भएसँगै आन्दोलन …

'नेपाल म्याङ्गो फेस्ट– २०२५' हुँदै

प्रतिक्रिया