प्रधानमन्त्री ओलीले गरे 'नमेटिने घाउ' मा संवादको डबिङ

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्र 'नमेटिने घाउ' मा आफुले गरेको अभिनयको डबिङ गरेका छन् ।
शनिबार प्रधानमन्त्री ओलीले स्टुडियोमा उपस्थिति भएर नेपालले चलचित्रको आफूले अभिनय गरेको संवादको डबिङ गरेका हुन् ।
अभिनेता रमित ढुङ्गानाले निर्देशन तथा निर्माण रहेको सत्य घटनामा आधारित चलचित्र 'नमेटिने घाउ' मा प्रधानमन्त्री ओलीसहित पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र राप्रपा नेता ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ ।
प्रदर्शनको तयारीमा रहेको चलचित्र 'नमेटिने घाउ' एसिड सर्भाइभरहरूको वास्तविक जीवनीमा आधारित छ । चलचित्रमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाइएको छ । फिल्ममा शिवम अधिकारीको कथा रहेको छ ।
लेखक अधिकारीले पटकथा साढे दुई वर्ष लगाएर फिल्म लेखेका हुन् ।
चलचित्रमा मुस्कान खातुन, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा, लालना चिमोरिया, स्वस्तीमा कार्की, लिजा कोरानी, एलिसा गुरुङ, बिशाल देबकोटा, आरजु अधिकारी, आरजु लेखक लगायतको अभिनय रहेको छ । चलचित्रमा सुरवीर पण्डित, सुनील कटुवाल पुराना अनुहार रहने छ भने मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरूको अभिनय रहेको छ ।
रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण गरिएको यस चलचित्रमा प्रहरी उपरीक्षकद्वय बाल नर्सिहॅ राणा र कुमुद ढुङ्गेल, प्रहरी निरीक्षक जे, आर शर्मा लगायत दुई सयभन्दा बढी प्रहरीको अभिनय रहेको छ । ‘नमेटिने घाउ’ मार्फत सांसदद्वय देवेन्द्र पौडेल र ज्ञानेन्द्र शाहीको समेत अभिनय रहेको छ ।
चलचित्रमा निरज कंडेलको छायांकन, बनिश शाहको सम्पादन, ओम सुनारको संगीत र किरण ढकालको एक्शन रहेको छ ।

‘जनतामा रहेको नैराश्यता चिर्न गठबन्धन’

फेवाताल संरक्षणमा ध्यान दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

‘आइटी’ क्षेत्रमा पर्याप्त बजेट विनियोजन गर्न आवश्यक छ : सञ्चार मन्त्री गुरुङ

प्रधानमन्त्री पत्नि भन्छिन् : देश बनाउन निकै गाह्रो छ

राजनीति बुझेको छु तर राजनीतिमा आउँदिन, सबैमा स्पष्ट होस् : प्रथम महिला शाक्य

केही नेपाल ऐन संशोधन गर्ने विधेयक स्वीकृत

अपाङ्गमैत्री रङ्गशाला निर्माण गरिनेछ : खेलकुदमन्त्री चौधरी

प्रतिक्रिया