मुलुकलाई नयाँ दिशा दिनका लागि कांग्रेस-एमाले एक ठाउँ आउनुपर्यो : योगेश भट्टराई

काठमाडौँ- नेकपा एमालेका नेता योगेश भट्टराईले मुलुकलाई नयाँ दिशा दिनका लागि कांग्रेस–एमाले एक ठाउँ आउनुपरेको बताएका छन् ।
ताप्लेजुङ सरोकार केन्द्रद्वारा शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा भट्टराईले देशलाई प्रयोगशाला बनाउँदा विकास र समृद्धिमा असर परेको भन्दै मुलुकलाई नयाँ दिशा दिनका लागि कांग्रेस–एमाले एक ठाउँ आउनुपरेको बताएका हुन् । उनले इतिहासको कठिन मोडमा कांग्रेस–एमालेले देशका लागि निकै योगदान गरेको भन्दै अब मुलुकलाई अघि बढाउनका लागि पनि एक ठाउँ आएको जिकिर गरे ।
भट्टराई अर्थतन्त्रलाई लयमा फर्काउनुपर्ने, विदेशी मुलुकको विश्वास जितेर लगानीको वातावरण बनाउनुपर्ने लगायतका विषयलाई सहज ढंगले अघि बढाइने धारणा राखे । नेपालको राजनीतिक व्यवस्थालाई अग्रगामी दिशा दिन संविधान संशोधन गर्नुपर्ने भएकाले कांग्रेस–एमालेले अग्रसरता लिए पनि सबै राजनीतिक दलहरूलाई एकसाथ लिएर जाने उनले बताए ।
उनले नेपालको जलवायु परिवर्तनको असर ताप्लेजुङ लगायतका हिमाली क्षेत्रमा धेरै देखिएकाले जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न सबै एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया