परिवर्तनको पवित्र भूमि हो मधेश : डिला संग्रौला

सिरहा- नेपाली कांग्रेसकी नेतृ डा. डिला संग्रौलाले मधेश परिवर्तनको पवित्र भूमि भएको बताएकी छन् । मुलुकमा हरेक आन्दोलन र परिवर्तनको सुरुवात मधेशबाट सुरु भएको उल्लेख गर्दै उनले राष्ट्रपति मात्र पाएर मधेशले चित्त बुझाउन नहुने बताइन् ।
शनिबार नेपाली कांग्रेस सिरहा जिल्ला कार्य समितिले लहानमा गरेको अन्तरक्रियामा बोल्दै डा.संग्रौलाले नेपालमा संघीयता कायम हुनुमा मधेशको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरिन् । उनले मधेश पछाडि पर्नुको कारण जातजाति, वर्ग, लिंग र समुदायबीचमा देखिएको विभेद भएको उल्लेख गर्दै सहमति, सहकार्य र एकता आवश्यक रहेको औंल्याइन् ।
डा.संग्रौलाले पार्टीभित्र रुपान्तरण र आधुनिकीकरण जरुरी रहेको बताउँदै कार्यकर्ताहरूले नेताको वरिपरी घुम्ने प्रवृत्ति त्याग गरी संगठन बनाउन र शक्ति संचय गर्न आग्रह गरिन् । उनले अहिलेकै शैलीले कांग्रेस नचल्ने भएकाले पद र शक्तिको पछाडि नलागी संगठन बनाएर अघि बढ्न कार्यकर्ताहरूलाई सुझाव दिइन् ।
‘कार्यकर्ताहरूमा निराशा आउनुहुँदैन । निराशाले समृद्धि र विकास हुँदैन । त्यसैले अब मधेशका नेपाली कांग्रेसका कार्यकर्ताहरू घरघरबाट जाग्नुपर्छ । परिवर्तनका लागि मधेश फेरि जुट्नुपर्छ,’ उनले भनिन् । उनले मधेशमा जातजाति, वर्ग, लिंगबीचको विभेद त्याग गरी एकताबद्ध हुन आग्रह गरिन् ।
जनप्रतिनिधि र नेपाली कांग्रेसबीच नङ र मासुको जस्तो सम्बन्ध हुनुपर्ने औंल्याउँदै उनले मधेशमा भइरहेको प्राकृतिक दोहन, जग्गा बाझोपन, डुबानको समस्या अन्त्य गर्न सरकारलाई आग्रह गरिन् । उनले संविधान संशोधन गर्दा समावेशी सिद्धान्तमा पुनःविचार हुनुपर्ने बताइन् । आगामी निर्वाचनमा एक तिहाइ महिलाहरूलाई प्रत्यक्षमा टिकट दिनुपर्ने उनको जिकिर छ ।
डा.संग्रौलासहित पूर्वमन्त्री एनपी साउद, नेता अब्दुल सतार, गोविन्दबहादुर शाह सिरहा, सप्तरी, धनुषा, महोत्तरीलगायतका जिल्लाको भ्रमणमा छन् ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया