भारतमा बस र कार ठोक्किँदा सात जनाको मृत्यु

काठमाडौं- भारतको इटावामा बस र कार ठोक्किँदा सात जनाको मृत्यु भएको छ । यो दुर्घटना इटावाको आगरा-लखनऊ एक्सप्रेसवेमा भएको हो।
एसएसपी सञ्जय कुमार वर्माका अनुसार राति करिब साढे १२ बजे नागाल्याण्ड नम्बरको डबल डेकर बस रायबरेलीबाट दिल्ली जाँदै थियो। एक्सप्रेसवेको माइलस्टोन नम्बर १२९ नजिक बस र कार ठोक्किएको हो । एसएसपीका अनुसार कार आगरा नम्बरको थियो र आगराबाट लखनउ जाँदै थियो।
चालक निद्रामा परेका कारण कार लेन काटेर बससँग ठोक्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको उनले बताए । ठोक्किएपछि बस अनियन्त्रित भई राजमार्ग मुनिको गहिरो खाडलमा खसेको थियो ।
बसमा सवार ६० जनामध्ये चार जनाको मृत्यु भएको बताइएको छ भने कारमा सवार एक महिलासहित तीन जनाको मृत्यु भएको छ ।
बसमा सवार २०–२५ जना घाइते भएका मध्ये एकको अवस्था चिन्ताजनक रहेको एसएसपीले बताए

फ्रान्समा सार्वजनिक स्थानमा धूम्रपान प्रतिबन्ध

पाकिस्तानको उत्तर वजिरिस्तानमा आत्मघाती आक्रमण, १६ जना सैनिकको मृत्यु
युक्रेनको ओडेसामा रूसी ड्रोन आक्रमण, दुई जनाको मृत्यु, १४ घाइते

पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा बाढीले बगाउँदा ६ जनाको मृत्यु, नौ जना बेपत्ता

द्वन्द्व बढेसँगै चरम गरिबी झन् गहिरिँदै : विश्व बैंक

इरान र रुसका रक्षामन्त्री चीनमा

लेबनानमा इजरायली हवाई आक्रमणबाट हिजबुल्लाहका दुई सदस्यको मृत्यु

प्रतिक्रिया