मुकुन्द श्रेष्ठको धमाकेदार कमब्याक: 'लाज शरणम्' फिल्ममा मुख्य भूमिका

काठमाडौं - लोकप्रिय अभिनेता मुकुन्द श्रेष्ठले लामो समयपछि फिल्ममा पुनरागमन गर्न लागेका छन्। एक दशकको अन्तरालपछि उनी 'लाज शरणम्' फिल्ममा शीर्ष भूमिकामा देखिन लागेका हुन् । उनले फिल्ममा 'डरलाग्दो खलपात्र' को भूमिकामा ख्याति कमाएका छन् ।
चर्चित हास्य टिभी सिरियल 'सक्किगोनि' टिमले 'लाज शरणम्' निर्माण गर्न लागेको हो । जेपीटी क्रिएसनका निर्देशन कुमार कट्टेलले अभिनेता मुकुन्द श्रेष्ठको पुनरागमनको जानकारी इकागजलाई दिएका हुन् । क्रिएसनले सामाजिक सञ्जालमा श्रेष्ठको तस्बिर सार्वजनिक गरेकाे छ।
शुक्रबार काठमाडौंमा आयोजित निर्माण घोषणा कार्यक्रममा जेपीटी क्रिएसनको ब्यानरमा बन्न लागेको फिल्मको जानकारी दिइएकाे थियो । फिल्मको लेखन र निर्देशन कुमार कट्टेल 'जिग्री'ले गर्नेछन्।
मुख्य भूमिकामा मुकुन्दसँगै अर्जुन घिमिरे, सागर लम्साल, माला लिम्बु, विजय बराल, र कमलमणि नेपाल पनि देखिनेछन्। भदौको तेस्रो सातादेखि छायांकन सुरु हुने यो फिल्मलाई महाशिवरात्रिको अवसरमा फागुन १४ गतेदेखि प्रदर्शनमा ल्याउने योजना छ।
मुकुन्द श्रेष्ठले 'देउता', 'अर्जुन', 'कस्तो साइनो', 'सन्तानको माया', 'धड्कन', र 'सपना' जस्ता थुप्रै चर्चित फिल्महरूमा अभिनय गरेका छन्। उनले पछिल्लो पटक 'कोहिनूर' फिल्ममा काम गरेका थिए भने डेढ वर्षअघि 'मेरी बास्सै' सिरियलको केही एपिसोडमा पनि देखिएका थिए।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया