जनगुनासोलाई तत्काल सुन्न कर्मचारीलाई मन्त्री भट्टराईको आग्रह

गण्डकी- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले सार्वजनिक सेवा प्रवाहका क्रममा आउने जनगुनासोलाई तत्काल सुन्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेकी छन् ।
जिल्ला प्रशासन कार्यालय कास्कीको संयोजनमा आज जिल्लास्थित कार्यालयका प्रमुखहरूसँगको भेट तथा अन्तरक्रियामा मन्त्री भट्टराईले जनगुनासोलाई तत्काल सुन्दै त्यसको समाधानका लागि आवश्यक पहल गर्नुपर्ने बताइन् । जनगुनासो एवं समस्यालाई तत्काल सुनिदिने अभ्यासले सेवाग्राहीमा राज्य एवं सरकारप्रतिको आशा विश्वास बढाउने उल्लेख गर्दै उनले उपलब्ध साधनस्रोतको अधिकतम उपयोग गर्दै समस्यालाई समाधान गर्नुपर्नेमा जोड दिइन् ।
सरकारी काम कारबाहीमा पारदर्शिता अपरिहार्य भएको उल्लेख गर्दै मन्त्री भट्टराईले त्यसले हरेक काममा सहजता ल्याउने धारणा राखिन् । सरकारी जागिरलाई केवल व्यक्तिगत सुविधाको रूपमा भन्दा पनि यसलाई जनताको सेवा प्रवाहसँग जोड्नु आवश्यक हुने उनको भनाइ थियो ।
शिक्षा क्षेत्र समाजको हरेक क्षेत्रसँग जोडिने र यसलाई समयानुकूल र व्यवस्थित बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित भएको मन्त्री भट्टराईले बताइन् । विद्यमान ऐन नियमलाई समय सापेक्ष बनाउँदै अघि बढ्नु आवश्यक रहेको उनको भनाइ थियो । विद्यार्थीको ज्ञानलाई हाम्रो प्रणालीसँग जोड्नु आवश्यक भएको उल्लेख गर्दै मन्त्री भट्टराईले शिक्षा क्षेत्रको समग्र विकासका लागि योजनाबद्ध रूपमा अघि बढ्ने बताइन् ।
कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले जिल्लाको समग्र अवस्थाबारे मन्त्री भट्टराईलाई जानकारी गराएका थिए । कार्यक्रममा जिल्लास्थित कार्यालयका प्रमुखहरूले भइरहेको सेवाप्रवाह एवं आइपरेका समस्यालगायत विषयमा मन्त्री भट्टराईको ध्यानाकर्षण गराएका थिए ।

दमकमा जागरण सभा आज, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

नेपालमा राजतन्त्रको सम्भावना छैन : प्रकाशशरण महत

मुलुकको विकासका लागि सरकार योजनाबद्ध रूपमा अघि बढेको छ : उद्योगमन्त्री भण्डारी

शिक्षकले आफ्ना समस्या मात्र हैन, देशको आर्थिक अवस्थालाई हेरेर विचार गर्नुपर्छ : …

बेलायती सभामुखसँग नेपाली राजदूत घिमिरेको शिष्टाचार भेट

मुलुकलाई सडक बालबालिका मुक्त बनाउने अभियानमा सरकार प्रयासरत छ : मन्त्री साह

तीनकुने घटनाको अनुसन्धान जारी छः गृहमन्त्री लेखक

प्रतिक्रिया