शेखर कोइराला भन्छन्- सरकारमा केही कमजोरी देखियो भने आवाज बुलन्द गर्नुपर्छ

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस-एमाले लगायत साना दलको गठबन्धन सरकार ठीक ढंगले अगाडि बढ्ने बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको प्रजातन्त्र सेनानी संघको प्रशिक्षणमा संसद्का दुई ठूला राजनीतिक दल एकै ठाउँमा उभिएर सरकार निर्माण गर्दा निरङ्कुशता जन्म नसक्ने शंका उब्जिएको भन्दै उनले आवाज उठाउन सक्यौँ भने पक्कै पनि ठीक ट्र्याकमा अघि बढ्ने दाबी गरे ।
‘अहिले कहीँकतै यो सरकारमा केही कमजोरीहरू देखियो भने हामीले आवाज बुलन्द गर्नुपर्छ । किनभने दुई वटा ठूला दल सरकारमा छन्,' उनले भने, 'दुई वटा ठूला दल एकै ठाउँमा भएपछि निरङ्कुशता जन्मने पनि त्यतिकै शंका छ । धेरैलाई शंका छ । हामीहरूले आवाज उठाउन सक्यौँ भनेर पक्कै पनि ठीक ट्र्याकमा अघि बढ्छ ।’
उनले कहीँकतै हामीहरू अलमलिएको वा अल्झिएको हो कि जस्तो लागेको बताए ।

विराटनगर एमालेमा ओली समूह पत्तासाफ, गिरीको प्यानलै विजयी
रास्वपाले तोक्यो ७ वटै प्रदेश इन्चार्ज (सूचीसहित)
रास्वपाको महाधिवेशन फागनु ७ देखि चितवनमा हुने

प्रचण्डले भनेर सरकार ढल्ने वा नढल्ने भन्ने हुन्न : कांग्रेस

केन्द्रीय समिति बैठकमा रास्वपाको सहमहामन्त्री पदबाट राजीनामा दिने सुमना श्रेष्ठ…

प्रतिक्रिया