बर्खे मकैखेतीमा घट्दै किसानको आकर्षण
धरान (सुनसरी)- बराह नगरपालिकाको श्रीलङ्का टप्पुका किसानमा बर्खे मकैखेतीप्रतिको आकर्षण घट्दै गएको छ । बराहक्षेत्र नगरपालिका–६ का दुई सय र वडा नं ९ का सात सय घरधुरीले परम्परागत रुपमा गर्दै आएको बर्खे मकैखेती छाड्दै गएका हुन् ।
“अहिले पाँच प्रतिशत मात्रै किसानले बर्खे मकैखेती गरिरहेका छन्, अधिकांश किसानले बर्खे मकैखेती गर्न छाडिसकेँ”, किसान सन्तोष चन्द्रवंशीले भने, “किसानहरु बर्खामा खुर्सानी, बोडी, भिन्डी र पर्बललगायतका तरकारीखेती गर्न थालेका छन् ।”
बर्खे मकैका लागि पाउँदै आएको सरकारी अनुदान रोकिएपछि किसानहरुको आकर्षण कम भएको उनको बुझाइ छ । “बर्खे मकैको अनुदान पाउन ढिलाइ हुने र हिउँदको तुलनामा बर्खामा मकै उत्पादन पनि कम हुने भएकाले यसतर्फको आकर्षण कम भएको हो”, उनले भने ।
बर्खे मकैभन्दा तुलनामा धानखेतीमा आम्दानी कम भए पनि वर्षभरि खान पुग्ने भएकाले किसानले धान रोप्न थालेको उनले सुनाए । “वर्षभरि खान पनि पुग्ने र गाईवस्तुलाई पराल पनि हुने भएपछि बर्खे मकैमा आकर्षण घटेको हो”, उनले भने ।
हिउँदे मकैबाट राम्रो आम्दानी
यहाँका किसानले वर्षमा दुईपटक मकैखेती गर्छन् । हिउँदे मकैबाट भने यहाँका किसानले राम्रो आम्दानी गर्दै आएका छन् । श्रीलङ्का टप्पुको चिलैया र गरैयामा मकै बालीबाट मात्रै आफूले एक ‘सिजन’मा रु १५ लाखसम्म आम्दानी गर्दै आएको किसान बद्री राईले बताए । उनका अनुसार हिउँदमा एक बिघामा १६ केजी मकैको बीउ लगाउँदा एक सय क्विन्टलसम्म उत्पादन हुन्छ । “बर्खे मकै पाक्न लाग्यो तर उत्पादन निकै कम छ”, उनले भने, “बर्खाको तुलनामा हिउँदमा मकैबाट उत्पादन धेरै लिन सकिन्छ ।”
किसान विष्णु चन्द्रवंशीले गत हिउँदमा मकैबाट रु सात लाख आम्दानी गरेको सुनाए । उनले मकै औसत प्रतिकेजी रु ३५ का दरले मकै बिक्री गर्दै आएका छन् । उनले हिउँदमा मकै राम्रो उत्पादन भए पनि बिचौलियाका कारण उचित मूल्य नपाएको गुनासो गर्नुभयो । उहाँले गत हिउँदमा बिक्री गरेको मकैको मूल्य अहिलेसम्म नपाएको बताए ।
गाउँमै आएका व्यापारीलाई बिक्री गरेको मकैको रु तीन लाख आफूले अझै नपाएको उनको भनाइ छ । व्यापारीले एकमुष्ट उत्पादन उठाएपछि उधारोमा कारोबार गर्न बाध्य भएको उनले गुनासो गरे ।
किसान सन्तोष चन्द्रवंशीले भने मकैको समर्थन मूल्य तोक्न आवश्यक रहेको बताए । स्थानीय सरकारले उत्पादनको न्यूनतम समर्थन मूल्य तोकेर खरिद गर्ने वातावरण तयार गरिदिए लगानी सुरक्षित हुने उनको भनाइ छ । मकै बालीबाट हिउँदमा मात्रै यस क्षेत्रका किसानले रु एक करोडभन्दा बढी आम्दानी गर्दै आएको उनले बताए । रासस

दुई करोड ३० लाख लागतमा प्रशासनिक भवन निर्माण सकियो
_UwsmNTMtXu_cvfpczgougartzgwa0telwoajstscjdswvvmdzadvgsysaxjtffmzrfsco8f_L9vkdM3ovv_ufpyjvqqjeuvsmalzxxdif2nk27i2cteluljf2yjvo71tvio47y2v7qmu8gb.jpg)
रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

धरानको चिन्डेडाँडामा पर्यटकको चहलपहल
तेह्रथुमका किसान व्यावसायिक रूपमा सिस्नु खेती गर्दै

आधा अर्ब अधिक खर्चेर ग्रामीण सडक कालोपत्र गरिँदै
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_n3S9MNoAp1_3c1ydgnjtu2rwzxyouy4xx7k4ptr6y7bpeln2qap3yrx98etpqw5to74ozcg_qTrD5aL0HC_t7jzvzr6uohsyen1hahox2qwhz9qj5g41pilolujubo97t7szo1nud6bpgwa_wtwi1PX1WJ_xruwkfuwehv1uyolrmuy2uerw0yhzhw8mslnfh0gyjxehqznwtdyl9amswwv.jpg)
गोली हानेर ब्राउन सुगर बोक्नेलाई समात्यो प्रहरीले

चट्याङ लागेर घाइते लिम्बूको मृत्यु

प्रतिक्रिया