काभा वुमन्स नेसन्स भलिबल : आज माल्दिभ्सको सामना गर्दै नेपाल

काठमाडौँ- नेपालले काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत आज माल्दिभ्ससँग खेल्दै छ ।
यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज साँझ ५:१५ बजेदेखि शुरु हुने छ ।
नेपालले जारी प्रतियोगितामा यस अघि खेलेका ३ खेलमा २ जित र एक हारसहित ६ अंक हासिल गरेको छ ।
त्यस्तै माल्दिभ्सले भने यस अघि खेलेका तिनै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिइसकेको छ ।
त्यस्तै आज यो खेलअघि भारत र श्रीलंकाबीच पहिलो खेल हुँदै छ । प्रतियोगिताको सेमिफाइनलमा आयोजक नेपालसहित भारत, इरान र श्रीलंका पुगिसकेका छन् भने आजका खेलले सेमिफाइनलको समीकरण तय गर्ने छ ।

संस्कृति र खेलकुदको सङ्गम : लुम्बिनी लायन्सको नयाँ लोगो सार्वजनिक

जित्नैपर्ने दबाबबीच नेपाली महिला फुटबलर बंगलादेशसँग भिड्दै

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

प्रतिक्रिया