प्रधानमन्त्री ओली अभिनित ‘नमेटिने घाउ' को पोस्टर सार्वजनिक
काठमाडौं - रमित ढुंगानाको निर्देशनमा तयार भएको नयाँ नेपाली फिल्म 'नमेटिने घाउ' आगामी भदौ ७ गतेबाट प्रदर्शनमा आउँदैछ। फिल्मको फर्स्टलुक पोस्टर हालै सार्वजनिक भएको छ, जसले एसिड पीडितहरूको पीडा भावलाई उजागर गरेको छ। पोस्टरमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई औँला ठड्याउँदै चेतावनी शैलीमा प्रस्तुत गरिएको छ, जसले फिल्मलाई थप चर्चामा ल्याएको छ।
यो फिल्म ३३ जना एसिड आक्रमण पीडितहरूको कथामा आधारित छ। फिल्ममा प्रधानमन्त्री ओलीका साथै पूर्व प्रधानमन्त्री माधव नेपाल, राप्रपाका सांसद ज्ञानेन्द्र शाही, र विभिन्न कलाकारहरूको पनि अभिनय छ। कलाकारहरूको लामो सूचीमा मुस्कान खातुन, रचना गौतम, प्राप्ति पौडेल, इभा गिरी, कमल देवकोटा, सन्दीपबाबु लोहनी, प्रभात पल ठकुरी, आरती आचार्य, सुरवीर पण्डित, सुनिल कटुवाल, अपेक्षा न्यौपाने, र क्रान्ति शाहजस्ता नामहरू सामेल छन्।
फिल्मको कथा शिवम् अधिकारीले लेखेका छन् । उनले पटकथा लेखनमा साढे २ वर्षको समय दिएका थिए। रमित ढुंगाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्मित यो फिल्ममा नीरज कँडेलको छायांकन, बनिश शाहको सम्पादन, ओम सुनारको संगीत, र किरण ढकालको द्वन्द्व निर्देशन छ। सहायक निर्देशकको भूमिका दर्जनौं म्यूजिक भिडियोको निर्देशन गरिसकेका रोजल थापाले निभाएका छन्।
यस फिल्मले समाजमा एसिड आक्रमण जस्तो गम्भीर अपराधलाई उजागर गर्ने प्रयास गरेको छ, जसले दर्शकलाई गहिरो सन्देश प्रदान गर्ने अपेक्षा गरिएको छ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया