चीनमा बाढीका कारण आठको मृत्यु, १९ बेपत्ता
चीन - दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको काङ्गडिङ सहरमा आएको बाढी र पहिरोका कारण आठ जनाको मृत्यु हुनुका साथै १९ जना बेपत्ता भएका छन् ।
बाढीका कारण समुद्री सतहबाट एक हजार ३०० मिटरको उचाइमा अवस्थित उपत्यकामा रहेको एउटा पुलका साथै घरहरू क्षतिग्रस्त भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।
अधिकारीका अनुसार प्रभावित क्षेत्र नजिकैका पहाड र समुद्र सतहबाट पाँच हजार मिटरभन्दा बढी उचाइमा समेत बाढी र पहिरोबाट छ जनाको मृत्यु हुनुका साथै ११ जना बेपत्ता भएका छन् ।
यसैगरी बाढीले पुल भत्काउँदा यातायात आवागमनसमेत प्रभावित भएको छ ।
चिनियाँ समाचार संस्था, सिन्ह्वाले उद्धारमा संलग्न एक कार्यालयलाई उद्धृत गरी एक व्यक्तिलाई उद्धार गरी अस्पताल लगिएको र अन्य दुई जनाको मृत्यु भएको जनाएको छ ।
स्थानीय अधिकारीले प्रकोपको बारेमा जानकारी दिँदै उद्धार अभियानमा अहिलेसम्म एक हजार ५५४ जना उद्धारकर्तालाई प्रभावित क्षेत्रमा पठाइएको र उद्धार कार्य जारी राखेको जनाएका छन् ।

दुई महिना यता इजरायलद्दारा गाजामा भिषण युद्द, १५१ को मृत्यु

अमेरिकी पुर्व राष्ट्रपति वाइडनेलाई प्रोस्टेट क्यान्सर, ट्रम्पले गरे स्वास्थ्य लाभको …

अन्तरिक्षमा पत्ता लाग्याे हिउँले ढाकिएकाे तारा, जीवन हुन सक्ने अनुमान

ब्रह्माण्डको अन्त्यबारेमा वैज्ञानिकहरूको यस्तो खुलासा

अमेरिकी सर्वोच्च अदालतले आप्रवासी निष्कासन गर्न लगायो रोक, ट्रम्प आक्रोशित
हङकङ र सिंगापुरमा देखियो कोरोना १९ को नयाँ भाइरस, यसवर्षको नै उच्च

पपुवा न्यूगिनीमा पोलियो प्रकोप ‘आउट ब्रेक’ : डब्लुएचओ

प्रतिक्रिया