आइतबार २९ असार, २०८२
Sunday, July 13, 2025

प्राथमिकताका आधारमा मात्र विदेशी ऋण लिन सांसद महतको सुझाव

काठमाडौँ- नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले सेयर बजारमा देखिएको उतारचढाव स्वभाविक नदेखिएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै महतले कतिपय संस्थाको सेयरमा भाउ अस्वाभाविक रूपमा बढेको देखिएको भन्दै बुलिस ट्रेन्डलाई स्वाभाविक लिन नसकिने बताए । उनले पछिल्लो समयमा सेयर बजारमा चलखेलकर्ताको हस्तक्षेप बढेको हो कि भन्ने आशंका भएकाले छानबिन गर्न सुझाव दिए ।

महतले राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति र कांग्रेस–एमालेको सरकारका कारण आगामी दिनमा आगामी दिनमा आर्थिक गतिविधि बढ्ने विश्वास व्यक्त गरेयो ।

उनले बढी भन्दा बढी जनतालाई सेवा दिने र प्रभाव पार्ने आयोजनाहरूलाई प्राथमिकतामा राख्नुपर्ने र त्यही अनुसार बजेट विनियोजन गर्नुपर्नेमा जोड दिए । वित्तीय व्यवस्थापनमा देखिएको बेथितिलाई अन्त्य गर्न नसके प्रतिबद्धता अनुसारको प्रतिफल आउन नसक्ने उनले बताए ।

महतले जथाभावी ऋण लिने प्रवृत्तिले देशलाई थप भार थपिने भएकाले प्राथमिकताका आधारमा मात्र विदेशी ऋण लिन सुझाव दिए ।

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

‘दुई सय ६० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीबाट विच्छेद’

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाको शून्य समयमा विविध विषयमा सरकारको ध्यानाकर्षण

'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्यान्वयन गर्नू'

'आयोडिनयुक्त नून उत्पादन तथा बिक्री वितरण ऐनको समयानुकुल परिमार्जन गरेर कार्य…

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

‘अर्थतन्त्र चलायमान एवं आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

महोत्तरीमा पत्रकार दिवाकर माथी भएको हमला छानबिन गर्न प्रभु साहको माग

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

गृहमन्त्री लेखकले भोटेकोशीले गरेको क्षतिबारे संसदमा गराए जानकारी

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको हुँ

संसदमा गौतमले भनिन्ः प्रधानमन्त्रीसँगै स्पेन गएका मानिस नफर्किएको भनेर नभनेको …

रास्वपा सांसदको अभिव्यक्ति कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन मागः सांसद बर्तौला

रास्वपा सांसदको अभिव्यक्ति कपोकल्पित र भ्रामक भएको भन्दै रेकर्डबाट हटाउन मागः स…