मानव बेचबिखन रोकथामका लागि सरकार गम्भीर भएर काम गरिरहेको छ : मन्त्री सुडी
काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन रोकथामका लागि सरकार गम्भीर भएर काम गरिरहेको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री सुडीले ऐन कानुनलाई बलियो बनाएर मानव बेचबिखन रोकथाम गर्नका लागि सरकारले काम गरिरहेको बताएका हुन् । उनले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधनका लागि मन्त्रिपरिषदमा मस्यौदा लैजाने तयारी भइरहेको बताए ।
उनले हाल उक्त संशोधन विधेयक आवश्यक रायका लागि अर्थमन्त्रालयमा पठाइएको जानकारी दिए । मन्त्री सुडीले लैंगिक हिंसा नियन्त्रण, सामाजिक विकास कार्यक्रम, अपाङ्गता विकास कार्यक्रम, बाल विकास लगायतका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाइने धारणा राखे ।
उनले बाल सङ्गठनको विधानको सम्बन्धमा छलफल भइरहेको जानकारी दिए ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको अर्को सूचना जारी नभएसम्मका लागि बैठ…

बिधेयकका अवस्थाका बारेमा बुझ्न संसदीय समितिका सभापतिसँग सभामुखले छलफल गर्दै

सुनवाइ र राज्यव्यवस्था सहित ४ समितिको बैठक बस्दैँ

संसदीय अभ्यासमा सुधारको आवश्यकता छः उपसभामुख राना

संसद्लाई जनमुखी बनाउन आवश्यकः अध्यक्ष दाहाल

संसद्मा सहभागी दललाई सहकार्यमार्फत अगाडि बढ्न आह्वान गर्छुः सभामुख घिमिरे

सङ्घीय निजामती सेवा विधेयक, २०८० बहुमतले पारित

प्रतिक्रिया